दोहा कतार – गुल्मी सेवा समाज कतारले नेपालीहरुको बिशेष चाडपर्वहरु बडा दशैं, शुभ दिपावली तथा छटको अवसर पारेर आयोजना गरेको संस्थाको आकस्मिक कोष अभिवृद्धि सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम शुक्रबार सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा भव्य सम्पन्न भएको छ ।
समाजका कार्यबाहक अध्यक्ष सुरज चन्द बोहराको सभापतित्व, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा कतारमा स्थापित अधिकाङ्श संघ संस्थाहरु तथा बैचारिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, समाजसेवी, बिशिस्ट व्यक्तित्वहरु, बुद्धिजीवी, सामाजिक अभियान्ताहरु, व्यवसायी, मिडियाकर्मी, पत्रकार, कलाकारहरुको साथै उल्लेखनीय दर्शकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
दिउँसो ठिक १ बजे राष्ट्रिय गान, शाहीदहरु प्रति समर्पित मौन धारण, दीप प्रज्वलन सङ्गै व्यानर अनावरण गर्दै औपचारिक रुपमा सुरु भएको कार्यक्रममा समाजकी महिला संयोजक तथा कार्यक्रम संयोजक कल्पना घर्ती (कोहिनुर) ले उपस्थित सम्पुर्ण लाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेकी थिइन भने बाल कलाकारद्वय जिया हमाल र कृजल पन्थीले तिहार बिशेष भैलो गीतमा स्वागत नृत्य पस्केका थिए ।
नेपाली चाडपर्व बिशेष नितान्त साँस्कृतिक कार्यक्रम भएकोले केहि प्रतिनिधि मुलक शुभकामना मन्तव्य बाहेक भाषण रहित नेपाल बाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका शान्तारानी परियार सहित कतारमा रहेर नेपाली गीतसंङ्गीतमा निरन्तर लागिरहेको कलाकारहरु गुना मगर “निशु”, रेश्मी सेन्चुरी, सुरेश बि.सी, जिया हमाल, कृजल पन्थी, बाबु कौशल, कोसेली मगर, जनक लाफा मगर, सुनिता शेर्पा, रामकृष्ण परियार, एलिषा राई लगायतका करिब दुई दर्जन कलाकारहरुले आ-आफ्नो उत्कृष्ट साङ्गीतिक प्रस्तुतिहरु मार्फत पूरा कार्यक्रम सङ्गीतमय बनाउदै दर्शहरुलाई आकर्षित बनाएका थिए । साथै साहित्यकार सन्दीप थपलिया (सानू) ले आफ्नो केही दमदार मुक्तक तथा गजल पेस गरेका थिए ।
कार्यक्रमको मध्यतिर तमु (गुरुङ) समाज कतारले माइती चेलीको सम्बन्ध अझै प्रगाढ बनोस भन्दै तिहारको कोसेली प्रदान गर्दै गुल्मी समाजका सम्पुर्ण पदाधिकारीहरुलाई ढाका टोपी लगाई दिएका थिए भने तमु (गुरुङ) समाजकि अध्यक्ष टौमाया गुरुङले भाइ टीका नजिकिदै गर्दा परदेशमा भएकाहरुले टिकाकै दिन चेलीको हात माइतिको निधारमा पुर्याउने अवसर नजुर्ने बताउदै भाइटिकाको अग्रिम शुभकामना व्यक्त गरेकी थिइन ।
सांङ्गीतिक प्रस्तुतिकै क्रममा साँझ पखा शिरफुल सिरको मेरो मायालु गुल्मी तिरको भन्ने बोलको गीत गुनगुनाउदै स्टेज चढेकी गायिका शान्तारानी परियारले कार्यक्रममा आफुलाई माया गरेर प्रस्तुतिको लागि बोलाउने आयोजक टिम प्रती आभार सहित अतिथि, दर्शकहरु सम्पूर्णलाई सम्बोधन गर्दै सम्मान व्यक्त गरेकी थिइन भने आफ्नो साङ्गीतिक प्रस्तुति अबधिभर शिरफुल शिरको, म त ढले ढले, सुनको औंठी सुनैको चुरा, साथमा माया आकाशमा जुन छ, नसम्झ ख्याल ठट्टा माया लगायत आधा दर्जन गीतहरु गाएर भिड थेग्न हम्मे हम्मे हुने गरि हलको माहोल जुरुक्कै ठाएकी थिइन । भने समाजका कार्यसमिति टिमलाई नेपालबाटै ल्याएको ढाका टोपी कोसेली स्वरुप शिरमा लगाईदिएकी थिइन ।
समाजका सचिब दर्शन सुनार र सह-सचिब कुमार राहादी मगरले मिलेर सहजीकरण गरेका कार्यक्रमको अन्तिममा प्रमुख अतिथि भट्टले कार्यक्रम सब्य भव्य भएको तर नेपाली समाजमा अतिथि आशनग्रहणमा अत्याधिक धेरै समय लगाउने र अन्तमा समय अपुग भइ कार्यक्रम समापनमा हतारो हुने गरेको बताउदै आशनग्रहणको क्रममा खादा मालाले स्वागत गर्ने प्रचलन लाई परिवर्तन गर्न जरुरी रहेको बताए । उनले थप बोल्दै गुल्मी समाजले स्थापना कालदेखि नै गर्दै आएको विभिन्न सामाजिक कार्यहरू र एन.आर.एन.ए, एन.सीसी सङ्गको सहकार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रमको अन्तमा साङ्गीतिक प्रस्तुति दिने सबै कलाकारहरुलाई पारिश्रमिक सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो भने सभापति बोहोराले कार्यक्रम सव्य र भव्य सफल बनाउन खट्ने कार्यसमिति टिम, उपस्थित अतिथि, दर्शक, कलाकार, पत्रकार, स्वयंसेवक सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्