धादिङ सेवा समाज कतारको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न…..

दोहा कतार – धादिङ सेवा समाज कतारले नेपालीहरूको महान पर्व शुभ दीपावली तथा छटको अवसर पारेर आयोजना गरेको शुभकामना आदान-प्रदान तथा देउसी भैलो- २०८१ कार्यक्रम शुक्रबार प्लाजामल स्थित सेन्चुरी रेष्टुरेन्टको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष आयुष घलेको सभापतित्व, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष केशब कार्किको प्रमुख आतिथ्यतामा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्वहरू, बैचारिक संघसस्थाका अगुवाहरू, जिल्ला तथा प्रदेश संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरु, नेपाली महिला समाज कतारकी वरिष्ठ उपाध्यक्ष संन्ध्या अर्याल, सामाजिक अभियान्ता, कलाकार, पत्रकारहरु सङ्गै उल्लेखनीय धादिङ तथा गैर धादिङेली दर्शकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

दिउँसो करिब १२ बजे नेपाली राष्ट्रिय गान बजाए पश्चात् मौन धारण, दीप प्रज्वलन सहित ब्यानर अनावरण गर्दै औपचारिक रुपमा अघि बढेको कार्यक्रममा संस्थाकी द्वितीय उपाध्यक्ष उषा रिमाल नेपालले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य तथा धादिङ जिल्लाको बारेमा सारांश जानकारी गराएकी थिइन भने कलाकारद्वय सरिता वान्तावा राई र श्रृष्टि लामाले स्वागत नृत्यद्वारा स्वागत गरेका थिए ।

शुभकामना मन्तव्य र साङ्गीतिक प्रस्तुतिहरुको सिक्युन्स मिलाएर राखिएको कार्यक्रममा बोल्ने अधिकाङ्श वक्ताहरुले नेपाली चाडपर्व बिशेष शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम अबधिभर एन.आर.एन. आइडल २०२३ कतारका विजेता गायक रुस्तम तामाङ सङ्गै कतारमा स्थापित भइ सकेका कलाकारहरु, सरिता वान्तावा राई, सृष्टि लामा, शान्ति वली, दिपक, घले, पबित्रा आचार्य, सुजन गुरुङ, सिर्वेन तामाङ सहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल शाखा कतारका कलाकारहरु कृष्ण दर्लामी, सरला तामाङ, नयन शर्मा, संगीत बि.सी, बाबु कौशल, पुकार थापा र भावना वाचक सुरज खनालले आ- आफ्नो सांङ्गीतिक प्रस्तुतिहरुद्वारा कार्यक्रमलाई संङीतमय बनाइ दिएका थिए ।

समाजका महासचिव रामहरि श्रेष्ठले सहजीकरण गरेका कार्यक्रममा बोल्ने क्रममै प्रमुख अतिथि कार्कीले शुभ दीपावली तथा छट पर्वको पावन अवसरमा शुभकामना दिदै धादिङ सेवा समाज र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद कतारको प्रगाढ सम्बन्ध भएको बताउदै र यो सम्बन्ध निरन्तर कायम राख्दै संस्थाले गर्ने हरेक कार्यहरुमा सहकार्य गर्दै अघि बढ्ने बताए । कार्कीले थप बोल्दै एनसीसी कतारले नेपालीहरुलाई भइ परि आउने हरेक समस्याहरु कतारमा रहेका सबै संघ संस्थाहरु सङ्ग समन्वय र सहकार्य गरेर समस्या समाधान गर्ने गरेको बताए ।

“धादिङ सेवा समाज कतारको मुल मर्म,समाजसेवा नै हो मानवीय प्रमुख धर्म” भन्ने मूल नारा लिएर सन् – २००१ मा स्थापना भएको संस्थाले विभिन्न चरण र कालखण्ड पार गर्दै अहिले पुर्णता पाए सङ्गै यस्ता खालका कार्यक्रम तथा सामाजिक कार्यहरुमा सक्रिय भुमिका निभाउदै आएको छ भने कार्यक्रमको अन्तमा सामुहिक देउसी खेलेर सांङ्गीतिक प्रस्तुतिहरुको बिट मारे पछि सभापति घलेले कार्यक्रमको लागि अहोरात्र खट्ने सम्पुर्ण टिम, कलाकार लगायत उपस्थित अतिथि दर्शकहरुको साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार