
दोहा, कतार – ठकुरी सहयोग संजाल, कतारले नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम- २०२५ हामद हस्पिटल अन्तर्गतको अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा शुक्रबार सम्पन्न भएको छ ।
संजालले “३०३औं” पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गत १७ जनवरी शुक्रबार नै गर्ने गरि आयोजना गरिएको तर कारणबस त्यस दिन स्थगित भइ एक हप्ता पछि सारेर हिजो सम्पन्न गरेको कार्यक्रममा ६९ जना नेपालीहरुले रक्तदान गरेका छन । “रक्तदान गरौ, मानविय तथा परोपकारी कार्यमा सहभागी हौ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको कार्यक्रममा संजालका अध्यक्ष खगेन्द्र शाही ठकुरीले सुरुमा रक्तदान गरेका थिए ।

करिब १५० जना उपस्थिति रहेको कार्यक्रममा ९७ जनाले रक्तदान गर्नका लागी रजिष्ट्रेसन गरेका थिए, जस मध्य ६९ जनाले रक्तदान गर्न सफल भएको र २८ जना यो पटक रक्तदानको लागि अयोग्य भएका थिए भने रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई नेपाली रक्तदाता संघ, कतारका अध्यक्ष रामजी खत्रीले हार्दिक आभार व्यक्त गरेका थिए ।
शुक्रबार बिहान ८ बजे सुरु भएर दिउँसो १ बजे सकिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट सहित कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु विशिष्ट ब्याक्तित्व, सामाजिक अभियान्ता, बुद्धिजीवी तथा व्यवसायीहरु लगायतको उपस्तिथि थियो भने संजालका अध्यक्ष खगेन्द्र शाही ठकुरीले मानविय तथा परोपकारी कार्यमा सहभागी भएर रक्तदान गरि सहयोग पुर्याउने सम्पूर्ण प्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी भइ रक्तदान गरेका सम्पुर्णलाई कदर पत्र समेत प्रदान गरिएको थियोे भने संजालका महासचिव सुरत शाही ठकुरीले अन्तिम रक्तदान गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।



यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।



			
                            
                            
                            
                            
प्रतिक्रया दिनुहोस्