पर्वत समाज कतारको आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न…….

दोहा कतार- पर्वत समाज कतारले आयोजना गरेको आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम- २०२५ समल रोडको ६६ नम्बर ब्रीज नजिकै रहेको मजरामा शुक्रबार सम्पन भएको छ ।

समाजका अध्यक्ष सन्तोष क्षत्रीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष टिकाराम भुसालले स्वागत मन्तव्य राखेका थिए भने एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी सहित कतारमा रहेका करिब तीन सय भन्दा धेरै पर्वतेली तथा गैर पर्वतेलिहरुको उपस्थिती थियो ।

कार्यक्रममा परियार मित्रता समाज कतारको पञ्चेवाजा समुह सहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारहरु र कतारमा रहेका अन्य थुप्रै कलाकारहरुले आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत उपस्थित सम्पूर्ण लाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

समाजका सचिब सेवक घतानेले सहजीकरण गरेका कार्यक्रममा बोल्दै समाजका संरक्षक छविलाल भट्टराईले समाजले गरेको कार्यक्रमले सम्पूर्ण पर्वतेलीहरू बिचको आत्मियता बढाउनुको साथै अन्य संघ, सस्था एवं समाजहरू संग मित्रता र परिचय गर्न गराउन सहयोग गरेको बताए ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट समाजसेवी होमनाथ शर्माले बोलेका थिए उनले पर्वत समाजले लामो समयदखी आफुलाई हरेक काममा अब्बल सावित गर्दै आएको बताए भने कार्यक्रमको सभापति तथा समाजका अध्यक्ष क्षेत्रीले आपासी भद्भाव, सदासयता कायम गर्दै कतारमा स्थापित अन्य संघ संस्थाहरुसँग समेत मित्रावत सम्बन्ध स्थिापित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । उनले आफुहरु भर्खर मात्रै समाजमा निर्वाचित भएर आएको बताउँदै सल्लाह सुझाव र गुनासाहरु बुझ्नको लागि पनि कार्यक्रमको आयोजना गरेको बताए ।

आन्तरिक वनभोज कार्यक्रम भए पनि कतार फेन्सिङ फेड्रेसनको आयोजनामा कतारमा जारी ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगीतामा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै आएका खेलाडीद्वय भिष्मराज दाहाल (टार्जन) र सागर थापालाई सम्मान गरिएको थियो भने साँस्कृतिक कार्यक्रमको सञ्चालन समाजका सह-सचिव कृष्ण दर्लामीले गरेका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार