दोहा कतार- इन्ट्रा नेसनल वलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको नेपाली रियालिटी शोहरु मध्यकै सर्वाधिक पुरस्कार राशी भएको अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स” सिजन २ को कतारमा हुने अडिसन कार्यक्रमको स्थान परिवर्तन भएको छ ।
गत २३ जनवरी २०२५ को साँझ आयोजना गरिएको मिट एण्ड ग्रीट कार्यक्रममा सनैया स्थित डल्ला ड्राइभिङ एकेडेमीको हलमा हुने भनिएको अडिसन कार्यक्रम केही कारणबस सार्नु पर्ने भएकोले उक्त अडिसन कार्यक्रम अब सोही मितिमा अबु हामुर सफारी मलको पछाडि रहेको आइडियल इन्डियन स्कुलको हलमा हुने कतार अडिसनका मिडिया संयोजक तिलु शर्मा पौडेलले बुधबार जानकारी गराएका छन ।
बिश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन तथा नृत्य बिधाका सर्वोत्कृष्ट प्रतिभाहरु छनोट गर्ने उद्देश्यले सन् २०२३ बाट सुरु गरिएको बिश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा ठुला रियालिटी शोहरु “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स” मा सहभागी भएर विजेता हुने प्रतिस्पर्धीहरुले पुरस्कार स्वरुप १/१ करोड नेपाली रुपैयाँ पाउने छन ।
शोको कतार अडिसनमा सहभागी हुन इच्छुक जो कोहि प्रतिस्पर्धीले आयोजक समितिले उपलब्ध गराएको वाट्सप नम्बर +९७४ ३०८४८३०३ मा सम्पर्क गरि अथवा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद ढकाल, मिडिया संयोजक तिलु शर्मा पौडेलको साथै प्रतिष्ठान कतार शाखाका पदाधिकारीहरु सङ्ग सम्पर्क गरि बुझ्न र फारम भर्न सक्ने कार्यक्रम संयोजक शिवराम ढकालले बताएका छन ।
पहिलो सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको शोको दोस्रो सिजनको अडिसन जनवरी गत २५ जनवरीमा अमेरिकाको ओहायोबाट सुरु भएको छ भने संसार विभिन्न अरु ११ वटा देशको १४ ठाउँमा अडिसन हुनेछ । सबै अडिसनबाट छानिएर आएका नृत्य तर्फबाट १ सय २० र गायन तर्फबाट १ सय २० गरि जम्मा २ सय चालीस प्रतिस्पर्धीले उपाधीको लागि काठमाडौमा प्रतिस्पर्धा गर्नेछन ।
कतार अडिसनको जजको लागि चर्चित कोरियोग्राफर शंकर वि.सी र गायक डम्बर नेपाली आउने छन भने शोमा दोस्रो हुनेले २५ लाख, तेस्रो हुनेले १० लाख र उत्कृष्ट १० जनाले १/१ लाख रुपैयाँँ पुरस्कार पाउने छ्न । २०२३ को मेरो भ्वाइस युनिभर्सको उपाधी प्रीतम राई (भारत) र मेरो डान्स युनिभर्सको उपाधी खुशी कार्की (थाइल्यान्ड) ले जितेका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्