दोहा कतार – म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) कतारले आफ्नो १२औं साधारणसभा सङ्गै २२औं वार्षिकोत्सब एउटा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि आगामी शुक्रबार अर्थात ७ फेब्रुअरी – २०२५ को दिन मनाउने भएको छ ।
“प्रवासी म्याग्देली दृष्टि, सम्बृद्ध म्याग्देली सृष्टी” भन्ने मुल नाराको साथमा सन् – २००३ मा स्थापना भएको मोनाले सनैया स्थित फुलबारी स्पाइस नेपाली रेष्टुरेन्टको सभाहममा गर्न लागेको उक्त कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित संघ संस्था एवं बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार तथा पत्रकारहरु सम्पूर्ण लाई पत्राचार गरि सकिएको जानकारी गराउदै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले बताएको छ ।
बिहान ११:३० बजेबाट सुरु हुने कार्यक्रममा म्याग्दी जिल्लाको प्रसिद्ध थाली नाच सङ्गै कामको सिलसिलामा कतारमा रहेर पनि कलाकारितालाई निरन्तरता दिदै आफ्नो उच्च पहिचान बनाउन सफल कलाकारहरुको बेजोड साङ्गीतिक प्रस्तुतिहरु प्रत्यक्ष हेर्न र रमाउन पाइने छ, भने कार्यक्रममा मोना कतार खेलकुद विभाग, मोना कतार साँस्कृतिक विभाग र मोना कतार बहुउद्देश्यीय अक्षयकोष सह-आयोजकको रुपमा रहेका छन ।
साथै कतार देखि गृह जिल्ला सम्मै सामाजिक कार्यमा सक्रिय रहेको मोना कतारले गत डिसेम्बर ५ मा आफ्नो फेसबुक पेज मार्फत एउटा सुचना जारी गर्दै डिसेम्बर १ देखि नै लागु हुने गरि साधारण सदस्यको लागि कतारी रियल १० र आजीवन सदस्यताको लागि कतारी रियल २५१ शुल्क तोकि नयाँ जोडिन चाहाने म्यग्देलीहरुको लागि सदस्यता खुल्ला गरेको बताएको छ ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्