प्रवासी भुजेल समाज कतारले फेब्रुअरी २१ मा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै…….

दोहा,कतार- नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा प्रवासी भुजेल समाज कतारले आगामी २१ फेब्रुअरी २०२५ शुक्रबार को दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजले “रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात गर्दै हमाद हस्पिटल अन्तर्गतको कतार नेसनल ब्लड डोनेट सेन्टरमा आयोजना गर्न लागेको उक्त कार्यक्रम सिमित समयावधी बिहान ८ बजे सुरु दिउँसो १ बजे सकिने समाजका सल्लाहकार प्रभात भुजेलले नेपाली जनता खबरलाई जानकारी गराएका छन, भने उनले यस्तो पुण्य कार्यमा सहभागी भइ रक्तदान गरि सहयोग गरिदिन सम्पूर्ण दोहाबासी दाजुभाइ दिदिबहिनी हरुलाई अनुरोध पनि गरेका छन ।

रक्तदान गर्न आउने व्यक्तिले ध्यान दिनु पर्ने केही कुराहरू तल उल्लेख गरिएको छ ।

– रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि  वा लाईसेन्स
  वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।
– रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
– रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना
   (६०दिन) पुरा भएको हुनुपर्नेछ ।
– रक्तदाता कम्तीमा ७ घन्टा सुतेको, एन्टिबायोटिक औषधि सेवन   
   नगरेको,पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको
   हुनुपर्नेछ।
– रक्तदाताको उमेर १८ वर्ष भन्दा माथी र  ६५ वर्ष भन्दा मुनि पर्नेछ र
   तौल कम्तिमा ५० केजी हुनुपर्नेछ ।
– रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा
   खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेछ ।

 

“भुजेल जातिको र विकास उन्नतिको आधार, साँस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नारा लिएर कतारमा सन्- २०१० मा स्थापना भएको भुजेल समाजले निरन्तर रुपमा यस्ता विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

सम्बन्धित समाचार