मलेसिया: नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउँपालिका ३ निवासी हरिलाल सुनारका छोरा, श्यामलाल सुनार ११ बर्ष देखि विदेशी रोजगारीका लागि मलेसिया पुगेका उनि हाल भने परिवार संग सम्पर्क बिहिन भएका छन्।

ए. के ओभरसिज मेनपावर र्माफत धन कमाउने सपना बोकेर मलेसियाको Everbest Vege Sdn. Bhd. कम्पनीमा मा पुगेका उनि बेखबर भए परिवारको जानकारी अनुसार २०७६ साल सम्म घर परिबार संग सम्पर्क रहेका थिए।
लामो समय देखि कता गए गर्दै छन् भन्ने कुनै टुंगो नभएपछि परिवार द्धारा मलेसियामा रहेको जनउद्धार केन्द्र मलेसियालाई लिखित रूपमा निबेदन प्राप्त भए लगत्तै खोजी कार्य सुरु भएको अध्यक्ष केशु थापाले जानकारी दिनुभयो।

जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका जानकारी अनुसार नेपाली दुतावास सँग सहकार्य गरि खोजी परिवारको जिम्म लगाउने कोसिस रहेको अध्यक्ष थापाले बताउनु भयो।





प्रतिक्रया दिनुहोस्