दोहा कतार- प्रवासी भुजेल समाज कतारद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम शुक्रबार अल साद स्थित हामद हस्पिटल अन्तर्गतको नेसनल ब्लड डोनेट सेन्टरमा सम्पन्न भएको छ । समाजले नेपाली रक्तदाता संघ कतार सङ्गको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा रक्तदानको लागि ७० जनाले आफ्नो नाम टिपाएका थिए । जस मध्यबाट ३३ जनाले मात्र रक्तदान गर्न सफल भएको र विविध कारणबस ३७ जना रक्तदान गर्ने अवसरबाट वञ्चित भएको समाजका सल्लाहकार प्रभात भुजेलले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।
नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी, नेपालबाट व्यक्तित्व विकाश, स्वास्थ्य र सकारात्मक जिवनशैली विशेष एक दिने प्रशिक्षण कार्यक्रमको लागि कतार आएका दार्शनिक गुरु डा. योगी विकासानन्द र गुरुमा कमलेश्वरी आनन्दको साथै कतारमा स्थापित विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकारहरु सङ्गै उल्लेखनीय सर्वसाधारणको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा रक्तदाता बाबु राम थापाले सबैभन्दा पहिला रक्तदान गरेका थिए भने भुजेल समाजको तर्फबाट अध्यक्ष विकास भुजेलले पहिला रक्तदान गरेका थिए ।
“रक्तदान गरौं, जीवनदान गरौं” भन्ने मुल नाराका साथ बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा सहभागी भएका सम्पुर्णलाई धन्यवाद दिदै समाजका अध्यक्ष विकास भुजेलले सबै रक्तदाताहरू लाई प्रशंसा पत्र प्रदान गरेका थिए भने अन्तिम रक्तदान समाजका संरक्षक शिव बहादुर भुजेलले गरेका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्