नेपाली महिला समाज कतारले ११५औं नारी दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने…

दोहा कतार- नेपाली महिला समाज कतारले आगामी शुक्रबार अर्थात- १४ मार्च- २०२५ को दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजले ११५औं अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ कतारसङ्गको समन्वयमा कसैले पनि रगतको कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यको साथ हामद हस्पिटल अन्तर्गतको नेसनल ब्लड डोनेट सेन्टरमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको समाजकी अध्यक्ष माया केसीले नेपाली जनता खबरलाई जानकारी गराएकी छिन ।

अध्यक्ष केसीले कतारमा रहेका विभिन्न संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ताहरु, व्यवसायीहरु, मिडियाकर्मी र पत्रकारहरुको साथै रक्तदान गर्न मिल्ने सम्पुर्ण दोहावासी दाजुभाइ तथा दिदिबहिनीहरु लाई रक्तदान जस्तो पुण्य काममा सहभागी भएर रक्तदान गरि कार्यक्रम सफल बनाउन सहयोग गरिदिन पनि अनुरोध गरेकी छिन ।

“रक्तदान जिवनदान” भन्ने मुल नारालाई आत्मसात गर्दै शुक्रबार सिमित समयावधि बिहान ८ बजे सुरु भई मध्यान्ह्न १ बजे सकिने कार्यक्रममा सहभागी हुन चाहने सम्पुर्णलाई समयमै उपस्थित भई दिन पनि आयोजक समितिले अनुरोध गरेको छ ।

परदेशी भुमिमा रहेर विभिन्न समस्यामा परेका नेपाली र विशेष गरि महिलाहरुको हक हितको लागि आवाज उठाउने यो समाजले स्थापना कालदेखि नै समय समयमा महिलाहरुको स्वास्थ्य सम्बन्धि कार्यक्रम, विभिन्न बिषयहरुमा सचेतनामुलक कार्यक्रमहरु गर्नुको साथै समाजमा भई परि आउने प्राकृतिक प्रकोप, आपतवीपत एवं सामाजिक कार्यहरूमा सक्रिय भुमिका निभाउदै आएको छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार