दोहा कतार- नेपाल मगर संघ शाखा कतारले संघको ४३औं स्थापना मनाउने भएको छ ।
हरेक वर्ष जस्तै संघले यो वर्ष पनि “मगरात सभ्यताको दस्तावेजीकरण गर्दै लखन साँस्कृतिक संग्रहालय बनाऔं, सांगठनिक रुपमा मगर संघको ४३औं स्थापना दिवस मनाऔं” भने स्लोगनका साथ नेपालबाट आमन्त्रित नेपाल मगर संघ, केन्द्रिय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा भव्य रुपमा स्थापना दिवस मनाउन लागेको हो ।
आगामी शुक्रबार अर्थात १४ मार्च २०२५ को दिन प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा दिउँसो १ बजेबाट हुने उक्त कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्था, विशिष्ट सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, पत्रकारहरु सम्पुर्णलाई पत्राचार गरिसकिएको संघका महासचिव समिर थापा मगरले जानकारी गराएका छन । थापा मगरले कारण बस कोहि कसैले पत्र नपाएको भए यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनु हुन दोहाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई अनुरोध पनि गरेका छन ।
“सम्पूर्ण मगरहरुको एकता, अहिलेको आवश्यकता” भन्ने मुल नारा सहित वि.सं.- २०३९ मा नेपालमा केन्द्र स्थापना भएपछि शाखाको रुपमा सन्- २००० मा कतारमा पनि स्थापना भएको संघले स्थापना कालदेखि नै समुदाय भित्र पर्ने विभिन्न चाडपर्व विशेष साँस्कृतिक कार्यक्रमहरु सङ्गै अन्य अनगिन्ती सामाजिक कार्यहरूमा सक्रियताको साथ आफ्नो सहभागिता जनाउदै आएको छ ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्