नेपाली रक्तदाता संघ कतार सङ्गको समन्वयमा शुक्रबार तीन संस्थाले एक साथ रक्तदान कार्यक्रम गर्दै…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार- कतारमा स्थापित तिनवटा संस्थाले एक साथ बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर नेपाली रक्तदाता संघ कतार सङ्गको समन्वयमा पर्वत समाज कतार, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र बागलुङ सेवा समाजले आगामी शुक्रबार २५ अप्रिल २०२५ को दिन संयुक्त रुपमा हामद हस्पिटल अन्तर्गतको नेसनल ब्लड डोनेट सेन्टरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

“रक्तदान जिवनदान” भन्ने मुल नारालाई आत्मसात गर्दै स्थापना भएको रक्तदाता संघ सङ्गको समन्वयमा विभिन्न नेपाली संघ संस्थाहरुले प्राय जसो प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छन , सोही अनुरुप यो महिना तिनवटा संस्था मिलेर एक साथ बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको आयोजक समितिले बताएको छ ।

आयोजक समितिले बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हुने कार्यक्रममा उपस्थित भएर रक्तदान जस्तो पुन्यको काममा सहभागी भइ रक्तदान गरि सहयोग गरिदिन सम्पुर्ण दोहाबासी नेपालीहरु लाई अनुरोध गर्दै रक्तदान गर्न योग्य हुनको लागि केही आवश्यक नियमहरुको जानकारी गराएइको छ ।

रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा  हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।
रक्तदाता कतार प्रवेश गरेको ४ महिना पुरा भएको हुनुपर्नेछ ।
रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६० दिन) पुरा भएको हुनुपर्नेछ ।
रक्तदाता कम्तीमा ८ घन्टा सुतेको कुनैपनी एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ ।
रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ ।
रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेपर्नेछ ।

 

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

nepalijanatakhabar

समबन्धित समाचार