रोमानिया: नेपाल तामाङ घेदुङ रोमानिया र काग्यु बुद्धिष्ट एशोसिएसन रोमानियाको आयोजनामा तथा नेपाली समाज, नेपाल मगर समाज, शेर्पा किदुक रोमानिया, तमु समाज रोमानिया, र किरात सेवा समाज रोमानियाको सह-आयोजनामा बुखारेस्टको संसद भवनअगाडि भव्य शान्ति र्याली सम्पन्न भयो।
कार्यक्रम दिउँसो ३:३० बजे सुरु भई साँझ ६ बजे सम्पन्न भएको थियो।
र्यालीपछि सभा आयोजित गरियो जहाँ लामा गुरुद्वारा मोनलम पाठ तथा पूजा सम्पन्न गरियो। कार्यक्रममा रोमानियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा बुद्ध धर्ममा आस्था राख्ने धेरैजसो व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो।
साथै, रोमानियाका विभिन्न निकायका व्यक्तिहरू तथा प्रहरी प्रशासनको पनि सक्रिय सहयोगले कार्यक्रम थप व्यवस्थित र सफल भएको थियो।
गौतम बुद्धको जन्म नेपालमै भएको हो भन्ने सन्देश विश्वभर फैलाउने र बुद्धले दिनु भएको शान्ति, करुणा र अहिंसाको सन्देशलाई प्रचार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।
प्रतिक्रया दिनुहोस्