सन्दीपको घातक बलिङ, स्कटल्यान्ड ९७ रनमै समेटियो

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ: लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनसँगै स्कटल्यान्डविरुद्धको टी–२० त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय टोलीले सहज लक्ष्य पाएको छ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि घरेलु टोलीलाई मात्र ९७ रनमै समेटेको हो।

ग्लासगोस्थित टिटवुड मैदानमा भएको खेलमा स्कटल्यान्डले १९.४ ओभरमै सबै विकेट गुमायो। पावरप्लेकै क्रममा नेपालले स्कटल्यान्डका ५ विकेट लिँदै खेललाई नियन्त्रणमा लिएको थियो।

सन्दीप लामिछानेले आफ्नो बलिङ स्पेलमा ४ ओभरमध्ये १ ओभर मेडन राख्दै जम्मा ११ रन खर्चिएर ४ विकेट लिए। उनले १२ औं र १७ औं ओभरमा लगातार विकेट लिँदै स्कटल्यान्डलाई दबाबमा राखे।

त्यस्तै, करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए।

स्कटल्यान्डका लागि माइकल लिस्कले सबैभन्दा बढी ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कप्तान म्याथ्यु क्रस १५ रनमा सन्दीपको बलमा बोल्ड भए भने ब्रान्डन म्याकमुलेन १० रन बनाएर ललितको बलमा क्याच आउट भए।

स्कटल्यान्डका आठ जना ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

अब नेपालले जितका लागि ९८ रनको लक्ष्य पछ्याउनेछ।

nepalijanatakhabar

समबन्धित समाचार