गुल्मी सेवा समाज कतारले गर्यो क्यान्सर पीडित परियारलाई आर्थिक सहयोग……

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई थप उपचारको लागि आर्थिक रकम सहयोग गरेको छ ।

समाजले जिल्लाको मदाने गाउँपालिका वडा न: ३ सिर्सेनी निवासी ब्लड क्यान्सर पीडित कमला परियारलाई १९ हजार ३ सय नेपाली रुपैयाँ सहयोग गरेको हो । केही हप्ता अघि मात्र सम्पन्न समाजको दशौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले संस्थागत सहयोगको लागी आएको अपिललाई संस्था र समाजका विभिन्न ब्यक्तिहरु मार्फत आर्थिक संकलन गरि सहयोग पठाउने निर्णय गरे अनुसार जम्मा भएको ५ सय ३ कतारी रियल कतारमै रहेका पीडितको श्रीमान ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको समाजका उपाध्यक्ष दर्शन सुनारले नेपाली जनता खबरलाई जानकारी गराएका हुन ।

सहयोग रकम लिदै गर्दा अर्यालले आफ्नो दुखमा सारथी बनेको गुल्मी सेवा समाज कतार र निस्वार्थ भावनाले आर्थिक सहयोग गर्नु हुने समाजका सम्पुर्ण पदाधिकारीहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन । समाजका अध्यक्ष मित्र बिएसले पीडित कमला परियारलाई शिघ्र स्वास्थ लाभको कामना गर्दै आफुले भर्खरै समाजको नेतृत्व सम्हालेको र समाजको पहिलो बैठकमै जिल्लाबाट आएको अपिललाई प्राथमिकतामा राखेर थप उपचारका लागी आर्थिक रकम सहयोग गरेको बताए । साथै बिएसले
गृह जिल्ला गुल्मीमा भई परि आउने समस्या तथा कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरुका दुखमा समाजले सक्दो सहयोग गर्ने पनि बताएका छन् ।

पीडितका श्रीमान ईश्वरी अर्यालले लामो समयदेखी आफ्नो श्रीमती बिरामी परेको र उपचारमा थुप्रै रकम खर्च भई लाखौं ऋणको भार बढ्दै आर्थिक अवस्था एकदम नाजुक बन्दै गएपछि आफू रोजगारीको शिलशिलामा कतार आईपुगेको बताए । उनले भाबुक बन्दै भने “घरमा स-साना दुई छोरा छन, म साहुको ऋण तिर्न र श्रीमतीको उपचार खर्च जुटाउन कतारमा आएको हुँ बिरामी श्रीमती चितवनको भरतपुर क्यान्सर हस्पिटलमा रोग संग लडिरहेकी छिन ।” अर्यालले कतारमा स्थापित बिभिन्न संघ संस्था तथा कतारमा रहेका सहयोगी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोगको अपिल गर्दै आफ्नो श्रीमती बचाईदिन अनुरोध समेत गरेका छन ।

पीडितलाई सहयोग गर्न चाहने जो कोहिले पनि बिरामीको साईन रेशुङ्गा बिकाश बैक (बुटवल ब्रान्च) को खाता :नं. ००१००७००४०४०२६०००००१ मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने बिरामी कमला परियारको मोबाइल नम्बर ९७७-९८६७५६०११९ मा सम्पर्क गर्न पनि सकिनेछ । बिरामीका श्रीमान हाल कतारमा अल कायद ईन्टरनेशनल टेन्ट्स कम्पनीमा कार्यरत छन। उनको मोबाइल नम्बर ९७४-७०८४४२८९ मा सम्पर्क गरेर थप जानकारी लिन सकिने छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार