मार्क्सवादले उमेर हदको विषयमा केही भन्नेको छैन यतिनै भनेर : प्रदीप ज्ञवाली

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा उमेर हद राख्ने कि नराख्ने भन्ने निर्णय विधान महाधिवेशनले गर्ने स्पष्ट पारेका छन्।

 

पार्टी सचिवालयको निर्णय सार्वजनिक गर्दै उनले भने, “हाम्रो पार्टीको सबैभन्दा ठूलो निर्णय गर्ने निकाय विधान महाधिवेशन हो। उमेरको सीमा राख्ने कि नराख्ने भन्ने अन्तिम निर्णय त्यहीँबाट हुन्छ।”

 

उनले उमेर हदको विषयमा अनावश्यक अनुमान र सिद्धान्तको बहस गर्नु आवश्यक नरहेको बताए। “यो सिद्धान्तको विषय होइन। मार्क्सवादले उमेर हद राख्नुपर्छ पनि भनेको छैन, राख्न हुँदैन पनि भनेको छैन,” ज्ञवालीले भने, “उमेर हद राख्नेहरू क्रान्तिकारी हुन्छन् भन्ने पनि होइन, नराख्नेहरू अक्रान्तिकारी हुन्छन् भन्ने पनि होइन। यो त समयमा उत्पन्न आवश्यकताको विषय हो।”

 

७० वर्षे उमेर सीमा राख्ने निर्णय केही हदसम्म बाधक भएको महसुस भएपछि त्यसलाई सचिवालय र केन्द्रीय कमिटीबाट स्थगन गरिएको पनि उनले जानकारी दिए।

 

“हिजोको अवस्थामा हामीले उमेर सीमा राख्ने निर्णय गरेका थियौं, तर पछि त्यसले केही अवरोध पनि ल्याइरहेको रहेछ भन्ने बुझिएपछि सचिवालयले निर्णय गर्‍यो र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो,” ज्ञवालीको भनाइ छ।

nepalijanatakhabar

समबन्धित समाचार