चेम्बर र मलेसिया–नेपाल बिजनेस काउन्सिलबीच व्यापार साझेदारीबारे छलफल

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया । नेपाल भ्रमणमा आएको मलेसिया–नेपाल बिजनेस काउन्सिलले नेपाल चेम्बर अफ कमर्ससँग व्यापार सहजता र लगानी विस्तारका विषयमा छलफल गरेको छ।

चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी टोली र काउन्सिलका अध्यक्ष प्रदीपकुमार कुकरेजाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच द्विपक्षीय आर्थिक सहकार्य, रोजगारी बढाउने र थप लगानी ल्याउनेबारे कुराकानी भयो।

नेपाल र मलेसियाबीचको कूटनीतिक सम्बन्ध ६५ वर्षभन्दा पुरानो रहेको स्मरण गर्दै चेम्बर अध्यक्ष अग्रवालले व्यापार र लगानीको हिसाबले पनि सम्बन्ध मजबुत रहेको बताए। अहिले मलेसियामा पाँच लाखभन्दा बढी नेपालीले रोजगारी पाएको र दुवै देशबीच हवाई सम्पर्क पनि बलियो हुँदै गएको उनले उल्लेख गरे।

अध्यक्ष अग्रवालले नेपाली युवाको जनशक्तिले दुवै देशको अर्थतन्त्रलाई टेवा पु¥याएको भन्दै, तर व्यापार घाटा भने अझै ठूलो भएकाले यसलाई घटाउन सहज व्यापार प्रणाली आवश्यक रहेकोमा जोड दिए। उनले नेपालका ऊर्जा, उत्पादनमूलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा मलेसियाली व्यवसायीलाई लगानी गर्न आह्वान गरे।

नेपाल लगानीका लागि आकर्षक गन्तव्य भएकाले नेपाली वस्तुको निर्यात बढाएर व्यापार घाटा कम गर्नुपर्ने धारणा पनि उनले राखे।

सो अवसरमा काउन्सिल अध्यक्ष कुकरेजाले नेपालको पर्यटन क्षेत्रले आफूलाई निकै आकर्षित गरेको बताए। उनले नेपालमा लगानीको राम्रो सम्भावना देखेर आएको र चेम्बरसँग मिलेर व्यवसायिक वातावरण सुदृढ गर्न चाहेको बताए।

nepalijanatakhabar

समबन्धित समाचार