प्रथम एनआरएनए जोहोर कप सम्पन्न मकालु क्लब विजेता सिमानो क्लब उपविजेता।

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया जोहोर।

एनआरएनए जोहोरको आयोजना र प्रवासी नेपालीहरूको सक्रिय सहभागितामा पहिलोपटक सम्पन्न प्रथम एनआरएनए जोहोर कप २०२५ भव्य तरिकाले सम्पन्न भएको छ। आपसी एकता, मित्रता र सम्बन्धलाई मजबुत बनाउन फुटबललाई माध्यम बनाइएको यो प्रतियोगिता निकै सफल भएको सहभागीहरूको धारणा छ।

 

रोमाञ्चक फाइनल खेलमा मकालु क्लबले सिमानो क्लबलाई पराजित गर्दै उपाधि जित्यो। सिमानो क्लब उपविजेता बन्न पुग्यो। दर्शकहरूको हुटिङ, खेलाडीहरूको उत्साह र प्रतिस्पर्धात्मक खेल प्रदर्शनले मैदानमा विशेष माहोल सिर्जना भएको थियो।

कार्यक्रमको अध्यक्षता एनआरएनए जोहोरका अध्यक्ष वेदना श्रेष्ठले गर्नुभयो। प्रमुख अतिथि एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महत्तो रहनुभयो भने विशिष्ट अतिथि आरटीएफसीका अध्यक्ष तथा एनआरएनए मलेसियाका वरिष्ठ अध्यक्ष राजु तामाङ हुनुहुन्थ्यो। विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा हजारौँ दर्शकको उपस्थितिले कार्यक्रमलाई अझै भव्य र ऐतिहासिक बनाएको थियो।

कार्यक्रमको आकर्षक सञ्चालन एनआरएनए जोहोरका सचिव छबिलाल गिरीले गर्नुभयो।

 

सहभागीहरूको भनाइमा, जोहोर कपले खेलकुदमार्फत प्रवासी नेपालीबीचको आपसी एकता, मित्रता र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाएको छ।

nepalijanatakhabar

समबन्धित समाचार