काठमाडौँ । चलचित्र माइतीघर का निर्माता रोहित अधिकारीले बलिदान टिम र त्यसका निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना चलचित्रबारे अपमानजनक टिप्पणी भएको भन्दै उनले मंगलबार भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर उजुरी दर्ता गरेका हुन् ।
अधिकारीका अनुसार पटक–पटक बलिदान टिमले माइतीघर लाई लक्षित गरेर सामाजिक सञ्जालमा गाली–गलौज गरेपछि उजुरी दिन बाध्य भएका हुन् ।
“हाम्रो चलचित्र माइतीघर लाई हानी पुग्ने गरी सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट भएपछि म चुप बस्न सकिनँ,” अधिकारीले बताए ।
आगामी दसैँको फूलपातीमा माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता गरी तीन चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् ।
प्रतिक्रया दिनुहोस्