काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाहले सोमबार हुन लागेको भनिएको जेन-जी आन्दोलनलाई समर्थन जनाएका छन्।
निश्चलले टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै आफू जेन-जीको पक्षमा रहेको बताएका छन्। उनले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने कदमको विरोध गर्दै यस्तो निर्णय अन्यायपूर्ण भएको बताएका छन्।
उनको भनाइमा, देशको कानून गरिब र निसहायमाथि मात्र कडाइका साथ लागू हुन्छ भने धनी र शक्तिशालीहरू सजिलै जोगिन्छन्। युवापुस्ता भ्रष्टाचारबाट निराश भएकाले आन्दोलन हुनु स्वाभाविक भएको उनले बताए। निश्चलले जेन-जी आन्दोलनमा सक्रिय भएर भ्रष्टाचारविरुद्ध आवाज उठाउने घोषणा पनि गरेका छन्।
त्यस्तै, अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले अवस्था झन् जटिल बनेको भन्दै जेन-जी आन्दोलनलाई समर्थन जनाएका छन्।
फेसबुकमा स्टाटस लेख्दै शाहले शान्तिपूर्ण तरिकाले आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।
प्रतिक्रया दिनुहोस्