दोहा,कतार- भोजपुर एकता समाज कतारको प्रथम अधिवेशन आगामी शुक्रबार हुने भएको छ ।
“सेवा र सद्भाव, भोजपुर एकता समाजको आधार” भन्ने मुल नारा सहित बद्री तामाङको संयोजकत्त्वमा सन् २०२५ मा तदर्थ समिति गठन गरि कतारमा सबैभन्दा कान्छो सामाजिक संस्थाको रुपमा स्थापना भएको समाजले आगामी शुक्रबार अर्थात जनवरी ९ तारिक प्रथम अधिवेशन गरेर समाजलाई पुर्णता दिन लागेको हो । कार्यक्रममा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान सङ्गै कतारमा रहेर कलाकारितामा आफ्नो उत्कृष्ट कलागला प्रस्तुत गरिरहेका कुशल कलाकारहरुको आकर्षक सांगीतिक प्रस्तुतिहरु पनि रहने तदर्थ समितिका उप-संयोजक गुणराज कटुवालले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रममा उपस्थितिको लागि सबैलाई पत्राचार गरिसके सङ्गै आवश्यक प्राविधिक तयारी पनि अन्तिम चरणमा पुगेको आयोजक समितिले बताएका छन । अधिवेशन सम्पन्न भए पश्चात् समाजले एउटा सशक्त पुर्ण नयाँ कार्यसमितिको सिङ्गो टिम पाउने छ ।




प्रतिक्रया दिनुहोस्