गायिका प्रिती आले र गायक अमर रोका मगर यसपालीको माघ्या सकराटी मनाउन कतारमा आउने…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- चर्चित लोक तथा दोहोरी गायिका प्रिती आले मगर, लोक दोहोरी गायक अमर रोका मगर र कार्यक्रम उद्घोषकको रुपमा पुरन रास्कोटी मगर कतार आउने भएका छन ।

नेपाल मगर संघ शाखा कतारको आयोजनामा आगामी शुक्रबार अर्थात १६ जनवरीको दिन अल वकिरमा स्थित डि.पी.एस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा हुन लागेको माघ्या सकराटी (मगर मिनाम ल्हेस ५०१९) विशेष शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुँदै आफ्नो साङ्गीतिक प्रस्तुति दिन कलाकारद्वय आले र रोका मगर कतार आउन लागेका हुन भने उनिहरु आउने पक्का भए सङ्गै कार्यक्रमको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

संघले हरेक वर्ष झै यो वर्ष पनि दोहामा स्थापित विभिन्न संघ संस्था, वैचारिक संस्था, सामाजिक व्यक्तित्व, समाजसेवी बुद्धिजीवी, व्यवसायी, कलाकार, पत्रकारहरु सम्पुर्णलाई उपस्थितिको लागि पत्राचार गरि सकेको र माघ्या सकराटी मगरहरुको मात्रै नभई समग्र नेपाल र नेपालीहरुको एउटा महान राष्ट्रिय साँस्कृतिक चाड भएकोले दोहाबासी सबै नेपालीहरु उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

कार्यक्रममा नेपालबाट आउने कलाकार र मगर संघ, शाखा कतारकै साँस्कृतिक विभागमा आबद्ध कलाकारहरुको उत्कृष्ट साङीतिक प्रस्तुतिहरु कौराह, सालैजो, सोराठी, झ्याउरे, हुर्रा, भुम्या नाच हेर्न र मगर, लोक दोहोरी, आधुनिक र फिल्मी गीतहरुमा सङ्गै नाच्न पाइने छ भने कार्यक्रममा आउन जानको लागि विभिन्न ठाउँबाट यातायातको समेत सुविधा रहेको छ ।

मगरहरुले विशेष गरि माघ्या सकराटी चाडलाई मगर समुदायका लागि साँस्कृतिक पुनर्जागरण र पहिचानको उत्सवको रुपमा मनाउने गर्छन जुन नयाँ वर्षको आगमन सँगै मनाइने गरिन्छ ।

nepalijanatakhabar

समबन्धित समाचार