दोहा,कतार- श्रम संस्कृति महा-अभियान तदर्थ समिति कतारको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनको बन्दसत्रबाट अध्यक्षमा शुक्र कुमार (सुवास) सर्वसम्मत चयन भएका छन ।

शुकवार प्लाजामल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा महा-अभियान कतारका संयोजक शुक्र कुमार (सुवास) को सभाध्यक्षता र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनबाट अध्यक्ष राई सङ्गै वरिष्ठ उपाध्यक्षमा भाईकाजी गुरुङ, प्रथम उपाध्यक्षमा भिम कुमार एक्चाई मगर, द्वितीय उपाध्यक्षमा नवीन थापा, तृतीय उपाध्यक्षमा विश्वकला राई, महासचिवमा एकराज राई, उपमहासचिवमा दुर्गा बहादुर गुरुङ, सचिवद्वय सुजन थुलुङ राई र प्रमोद थेवे, महिला सचिवमा शर्मिला राई, कोषाध्यक्षमा मन कुमार राई (मन्जिल), सह-कोषाध्यक्षमा हेमरानी तामाङ र प्रवक्तामा पदम बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यहरुमा बिक्रम राई, अपिस राई, सविता वान्तावा, सेवक राजेन्द्र सम्वाहाम्फे, वसन्त कुमार गेनाङ्वा, दिल कुमार राई, सोनि राई, हर्क खजुम लिम्बु, किसन राई, नवीन कुमार राई, रुद्र प्रसाद तामाङ, मिगुर शेर्पा, राम कुमार गुरुङ, दिपक खालिङ राई, झन लक्ष्मी तामाङ, विष्णु कुमार सुन्दास, टंक कार्की र सुन बहादुर दर्लामी मगर सर्वसम्मत चुनिएका छन ।
दिउँसो १२:३० बजे व्यानर अनावरण, दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु र हलमा उपस्थित सम्पुर्णले सामुहिक रुपमा श्रम संस्कृति सम्बन्धि राष्ट्र प्रेमी गीत गाइएको थियो भने देशको लागि विभिन्न समयमा सहिद भएका शहिदहरुको सम्मान स्वरुप एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा तदर्थ समितिका उप-संयोजक भाइकाजी गुरुङले स्वागत मन्तव्य राखे लगतै उप-संयोजक एकराज राईले संस्था स्थापना र कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । मध्यपुर्वमा चलिरहेको अनुकुल समयको बाबजुद सम्पन्न भएको कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्था एवं बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहितको बाक्लो उपस्थिति रहेको थियो ।
खुल्ला र बन्दसत्र गरि दुई चरणमा सम्पन्न कार्यक्रम खुल्ला सत्रमा समाबेश शुभकामना मन्तव्य र साङ्गीतिक प्रस्तुतिहरु सहितको कार्यक्रम तदर्थ समितिका श-सचिव दुर्गा बहादुर गुरुङले सहजीकरण गरेका थिए भने कार्यक्रममा समाजसेवी सागर नेपाल, जेष्ठ नागरिक पदम बहादुर राई, मधेस प्रदेश समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद कलाम हुसेन खान, प्रवासी नेपाली सम्पर्क विभाग कतारका अध्यक्ष अब्दुल करिम, नेपाली जनसम्पर्क समिती कतार उप-सभापति ठाकुर कुमार परियार, नेपाल आदिवासी जनजाति महासंघ कतार अध्यक्ष राकेश श्रेष्ठ, पाँचथर सेवा समाज कतारकी अध्यक्ष लिला राई, नेपाली जनप्रगतिशिल मंच कतारका महासचिव योगेन्द्र लो तामाङ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांशले देशको अवस्था वर्तमान राजनीतिक परिवेश, दलिय प्रवृत्ति र अब हुनुपर्ने परिवर्तनको विषयमा आ-आफ्नो धारण राखेका थिए ।

कार्यक्रम अवधिभर कलाकारहरु जीवन खालिङ राई, सरला तामाङ, एलिषा राई, सोनिसा तामाङ, सिर्जना तामाङ,अन्मिन खालिङ राईले विभिन्न गायन तथा नृत्य प्रस्तुतिहरु प्रस्तुत गरि कार्यक्रमलाई सङ्गीतमय बनाइदिएका थिए भने तदर्थ समितिले कलाकारलाई पारिश्रमिक सहित सम्मान पत्रद्वारा सम्मान गरेको थियो । कार्यक्रममा उपस्थित मध्य नेपाल आदिवासी जनजाती महासंघ कतारका पुर्व अध्यक्ष सहित करिब १ सयको हाराहारीले सदस्यता लिएका छन ।
मन्तव्यकै क्रममा प्रमुख अतिथि पन्थीले कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ बन्दै गरेको संस्था भए पनि हरेक सामाजिक कार्यमा एनसीसी कतार समन्वय र सहकार्य गर्न सधैं तयार रहेको बताए । पन्थीले थप बोल्दै सामाजिक संस्थाको रुपमा कतारमा स्थापना भएको संस्थाले विशेष गरि श्रमजीवी वर्गको हक हितको लागि काम गर्नु पर्ने बताउदै केही महत्त्वपूर्ण संस्थागत सुझावहरु दिए । उनले नेपालमा भएको परिवर्तन सङ्गै कतारमा पनि परिवर्तन गर्नु पर्ने भन्दै कार्यक्रम सुरु भएर स्वागत मन्तव्य सकिए पनि आउने अतिथिहरुलाई गेटमै स्वागत गर्ने र आसनग्रहणमा लाग्ने समय बचत गरेर अरु जनचेतनामुलक कार्यक्रम समावेश गराउदै उचित हुने धारणा व्यक्त गरे भने एनसीसी कतारले चरणबद्ध रुपमा गर्दै आएको विभिन्न सामाजिक कार्यक्रमहरुमा सहभागी भएर सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रमको अन्तमा सभापति राईले आफ्नो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा उपस्थित हुने सम्पुर्ण अतिथिहरु साधारण सदस्य, पत्रकार,कलाकारहरु प्रती आभार व्यक्त गर्दै समितिले आगामी दिनमा सत्यको पक्षमा उभिएर देश र जनतको हक हितको लागि काम गर्ने प्रतिबद्धता जनाउदै खुल्ला सत्र कार्यक्रमको समापन गरेका थिए ।

खुल्ला सत्र सकिए लगतै सुरु भएको बन्दसत्र कार्यक्रममा तदर्थ समितिले आज सम्म गरेको साङ्गठनिक र २ हजार ७ सय १५ रियल बचत सहितको आर्थिक प्रतिबेदन पेस गर्दै तदर्थ समिति भङ्ग गरि नयाँ कार्यसमितिको प्रक्रिया सुरु भएको थियो । पदम बहादुर राईको संयोजकत्त्वमा बनेको तीन सदस्यीय निर्वाचन समितिले आवश्यक सम्पुर्ण प्रक्रिया पूरा गरि नव निर्वाचित कार्यसमिति टिमलाई संयोजक राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने रबिन शेर्पा निर्वाचन समितिको उप-संयोजक र दिपेन्द्र तामाङले सदस्यको भुमिका निभएका थिए ।







प्रतिक्रया दिनुहोस्