दोहा,कतार- लमजुङ सेवा समाज कतारको १६औं अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।
शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष बिनोद प्रसाद बसौंलाको सभापतित्व र गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्दलाल बि.क (अजय) को प्रमुख आतिथ्यथामा खुल्ला र बन्दसत्र गरि दुई चरणमा सम्पन्न अधिबेशनको बन्दसत्र बाट कल्याण थापाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन । जस्मा अध्यक्षमा कल्याण थापा, वरिष्ठ उपाध्यक्षमा रविन्द्र भण्डारी, उपाध्यक्षमा रविन्द्र गुरुङ, राज श्रेष्ठ र कुमारी गुरुङ, महासचिवमा प्रशान्त कुमाल, सचिवद्वय देव अधिकारी र फलेन्द्र गुरुङ, काेषाध्यक्षमा पवन थापा मगर, सह-काेषाध्यक्षमा वासुदेव दवाडी, मर्स्याङ्दी गा.पा. संयाेजकमा विष्णु दवाडी, दाेर्दी गा.पा संयाेजकमा डम्बरजंग गुरुङ, सदस्यमा चन्द्रमाया गुरुङ (बिनिता) र किर्तिमान गुरुङ निर्वाचित भएका छन भने रिक्त रहेको वेशिसहर न.पा. संयाेजक, मध्यनेपाल न.पा. संयाेजक, दुधपाेखरी गा.पा. संयाेजक, राइनास न.पा. संयाेजक, क्वलासाेथार गा.पा. संयाेजक र सुन्दरबजार न.पा. संयाेजक नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले चयन गर्ने बताइएको छ ।

दिउँसो १ बजे दीप प्रज्ज्वलन गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको खुल्ला सत्र कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कल्याण थापाले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेको थिए भने कलाकार पवन थापा मगर र नरिमाया थापा मगरले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
समाजले आयोजना गर्ने हरेक कार्यक्रम अरु संघ संस्थाले गर्ने कार्यक्रमहरु भन्दा फरक हुने गर्छ्न, त्यस्तै यो अधिबेशन कार्यक्रममा पनि नयाँ तरिका अपनाउँदै उपस्थित अतिथिहरु लाई खादा र व्याजको सट्टामा रुद्राक्षको माला लगाएर आसनग्रहण गराएर थिए ।

कार्यक्रममा एनसीसी कतारका उपाध्यक्ष रोशन अर्याल, समाजसेवी तथा बुद्धिजीवी सागर नेपाल, कोशी प्रदेश समन्वय परिषद् कतारका महासचिव महेन्द्र उप्रेती, कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटा, पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षेत्री, स्याङ्जा सहयोग समाजका महासचिव टेक गैरे, बागलुङ सेवा समाज कतारका अध्यक्ष टेक रसाइली, नेपाली रक्तदाता संघ कतारका कार्यबाहक अध्यक्ष छबिलाल भट्टराई, नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका कार्यबाहक अध्यक्ष नाजिर मिया, नेपाली महिला समाज कतारकी अध्यक्ष माया के.सी, समाजका प्रमुख सल्लाहकार सिताराम थापा र सल्लाहकार कृष्ण बराल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
बोल्ने सम्पुर्णले समाजले स्थापना कालदेखि नै गर्दै आएको सामाजिक कार्यहरुको स्मरण गर्दै लमजुङ सेवा समाज सङ्ग समन्वय र सहकार्य गर्दा केही न केही नयाँ अनुभव गर्न पाउने धारणा सुनाउदै समाजसङ्ग जोडिएर हरेक कार्यमा सहकार्य गर्न सधैं तयार रहेको बताए । केहिले दोहामा भिजिट भिषाको नाममा न्यून स्तरका नेपालीहरुले झेल्नु परेको समस्याको विषयलाई पनि उठाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बि.कले लमजुङ सेवा समाज कतारले गर्दै आएको विभिन्न कार्यक्रमहरुले दोहामा स्थापित संघ सस्थालाई धेरै कुराहरु सिकाएको बताए । उनले गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु मध्य लमजुङ सेवा समाजले सधै अरु भन्दा फरक र सन्देश मुलक कार्यहरु गर्दै आएको देख्दा आफुलाई अत्यन्तै खुशी लागेको बताउँदै गण्डकी प्रदेश समन्वय परिषद कतार लमजुङ सेवा समाज कतारले गर्ने हरेक कार्यमा सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

समाजका महासचिव रविन्द्र भण्डारीले सांङ्गीतिक प्रस्तुति र शुभकामना मन्तव्यको तालमेल मिलाएर सहजीकरण गरेका कार्यक्रममा तमु गुरुङ समाज कतारले दुई संस्था बिचको सम्बन्ध अझै मजबुत र भावनात्मक बनेस भन्ने उद्देश्यको साथ कोसेली प्रदान गरेको थियो भने कार्यक्रम अवधिभर जीवन मगर, अनमिन राई, सपना मगर, राजकुमार महर्जन, अनिता बि.क लगायतका कलाकारहरुले आ-आफ्नो सांङ्गीतिक प्रस्तुतिद्वारा कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाईदिएका थिए ।

खुल्ला सत्र कार्यक्रमको अन्तमा सभापति बसौंलाले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र कार्यक्रम तयारीको लागि जुट्ने कार्यसमिति सदस्य हरुप्रती कृतज्ञता व्यक्त गरे । उनले आफु नेतृत्वमा नरहे पनि समाजप्रति सधै अग्र स्थानमा रहेर काम गर्ने बताउँदै संस्थाले अब्बल नेतृत्व पाएको र यो टिमले समाजलाई अझै उचाइमा पुर्याउने कार्यहरू गर्नेमा निश्चिन्त रहेको बताउदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, प्रमुख सल्लाहकार सहित कार्यसमिति टिमलाई सम्मान र साङ्गीतिक प्रस्तुति दिने कलाकारहरुलाई पारिश्रमिक सहित सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो भने करिब ३ हजार रियल भन्दा धेरै बचत सहितको आर्थिक प्रतिबेदन कोषाध्यक्ष राज श्रेष्ठले र साङ्गठानिक प्रतिबेदन महासचिव भण्डारीले पेस गरेका थिए ।

खुल्ला सत्र सकिए लगतै सुरु भएको बन्द सत्र कार्यक्रम मार्फत पर्वत समाज कतारका अध्यक्ष तथा निर्वाचन समितिको संयोजक सन्तोष क्षेत्रीले शतप्रतिसत निर्विरोध नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै निर्वाचित भएको प्रमाणपत्र दिए पश्चात पद तथा गोपनियताको सपथग्रहण गराएका थिए भने कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटा र गोर्खा सेवा समाजका अध्यक्ष विकाश श्रेष्ठले निर्वाचन समिति सदस्यको भुमिका निभाएका थिए ।





प्रतिक्रया दिनुहोस्