आज बिहीबार, ११ असारको हेर्नुस् राशिफल सेयर गरी पाथिभारा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

राशिफल ११ असार: तुलालाई ठूलै सफलता मिल्ने, काम नबन्दा मिनको मन खिन्न, तपाईँको के?

राशिफल ११ असार: तुलालाई ठूलै सफलता मिल्ने, काम नबन्दा मिनको मन खिन्न, तपाईँको के?

 

बिहीबार, ११ असार २०८३ (२५ जुन २०२६)। हेर्नुस् आजको राशिफल-

 

मेष: लक्षित काम सफलतापूर्वक सम्पन्न हुनेछन्। नयाँ विषय सिक्ने र ज्ञान विस्तार गर्ने अवसर प्राप्त हुनेछ। दाम्पत्य जीवनमा खुसी र आत्मीयता बढ्नेछ। दृढ सङ्कल्प नै सफलताको पहलो आधार हो भन्ने कुरालाई ध्यानमा राख्नुहोला।

 

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७३, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

 

वृष: स्थान परिवर्तन वा नयाँ वातावरणमा जाने सम्भावना देखिन्छ। आफ्ना महत्त्वपूर्ण योजना गोप्य राखेर अघि बढ्नु लाभदायक हुनेछ। लगानी तथा पुँजी बजारबाट सकारात्मक संकेत प्राप्त हुनेछन्। ठूलो सपना देख्नेहरू नै ठूलो उपलब्धिसम्म पुग्छन् भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

 

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

 

मिथुन: मन अध्यात्म, चिन्तन र दर्शनतर्फ आकर्षित हुनेछ। रमणीय स्थानको भ्रमणले मनलाई आनन्दित बनाउनेछ। दिनभर उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा कायम रहनेछ। सही निर्णयले भाग्य परिवर्तन गर्न सक्छ भन्ने नबिर्सनु होला।

 

भाग्यशाली रङ सेतो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६८, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन गराई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

 

कर्कट: हतारमा दिएको वचनले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ। आलोचना गर्ने व्यक्तिहरूप्रति सचेत रहनु उचित हुनेछ। सकारात्मक सोचले कठिन परिस्थितिलाई सहज बनाउँछ भन्ने कुरालाई मनन गर्नुहोला।

 

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६४ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

 

सिंह: कठिन ठानिएको कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रबाट उत्साहजनक परिणाम प्राप्त हुनेछ। प्रेम तथा व्यक्तिगत सम्बन्ध पनि सन्तुलित रहनेछ। साँचो शक्ति धैर्य र गहिरो सोचभित्र लुकेको हुन्छ भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

 

भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७०, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

 

कन्या: लामो समयदेखि अधुरा रहेका काम पूरा हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ मिल्ने संकेत देखिन्छ। प्रेम तथा दाम्पत्य सम्बन्धका लागि समय अनुकूल छ। आफ्नो क्षेत्रमा प्रभाव र प्रतिष्ठा बढ्नेछ।

 

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ४४ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

 

तुला: शुभकार्य तथा धार्मिक गतिविधिमा सहभागी हुन सकिनेछ। लामो दूरीको यात्रा सुखद र उपलब्धिमूलक रहनेछ। लगानी गरेको क्षेत्रबाट राम्रो प्रतिफलको संकेत मिल्नेछ। सानो प्रयासले ठूलै सफलता मिल्छ भन्ने कुरालाई ध्यानमा राख्नुहोला।

 

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६१, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

 

वृश्चिक: प्रेम सम्बन्धमा केही संवेदनशीलता देखिन सक्छन्। खानपानमा ध्यान दिनु उचित हुनेछ। अरूको आग्रह अस्वीकार गर्न नसक्दा समय र धन खर्च हुनेछ। साँझपख वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सकारात्मक उपलब्धि प्राप्त हुनेछ।

 

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

 

धनु: अतिथि सत्कार वा सम्मान प्राप्त हुनस्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। क्षमता प्रदर्शन गरेर अरूको मन जित्न सकिनेछ। सेयर बजार तथा लगानीका क्षेत्रमा सकारात्मक संकेत देखिन्छ।

 

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ६७, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

 

मकर: मनमा शान्ति र सन्तुष्टिको अनुभूति हुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। साहस र आत्मविश्वास बढ्नेछ। प्रेमी वा प्रियजनबाट विशेष सहयोग मिल्नेछ। व्यवसाय तथा शिक्षाका क्षेत्रमा प्रगति हुनेछ।

 

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६०, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

 

कुम्भ: आकर्षक व्यक्तित्वले सबैको ध्यान आफूतिर खिच्नेछ। नजिकका व्यक्तिको सहयोगबाट महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव बढ्नेछ। वैदेशिक यात्रा तथा सम्पत्तिसम्बन्धी लाभको सम्भावना छ।

 

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६८, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

 

मीन: अपेक्षाअनुसार काम नबन्दा मन खिन्न हुनेछ। प्रियजन वा साथीभाइसँग दूरी बढ्न सक्ने भएकाले सम्बन्धमा धैर्य अपनाउनु आवश्यक छ। स्वास्थ्यप्रति सजग रहनुहोला। बेलुकीतिर भने उत्साह र आत्मविश्वास बढ्नेछ।

 

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४३, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

nepalijanatakhabar

समबन्धित समाचार