NRNA-NCC कतारको समन्वयमा कतारमा स्थापित करिब ४- दर्जन संघ संस्थाहरुद्वारा आयोजित चाडपर्व बिशेष साँस्कृतिक कार्यक्रम नोभेम्बर – १ मा हुने……..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित बिभिन्न संघ-संस्थाहरुले नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छठ, नेपाल सम्वत्-११४५, बलिहाङ तङ्नाम, जितिया पर्व, हुर्रा पर्व, म्ह पुजा र NRN DAY – २०२४ को अवसर पारेर संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रममा आगामी शुक्रबार अर्थात नोभेम्बर – १ तारिक हुने भएको छ ।

एनसीसी कतार लगायत आयोजक सबै संघ संस्थाहरुले विभिन्न सामाजिक संजालहरु मार्फत उक्त कार्यक्रम साहानिया स्थित अल-दोसारी पार्क (जु गार्डेन) मा बिहान ठिक – ११ बजेबाट सुरु हुने जानकारी गराउदै कार्यक्रमको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइ सकेको बताएका छन ।

कार्यक्रममा “द एन.आर.एन. सिङ्गर सिजन वान”- २०२३ कि ग्लोबल फाइनालिस्ट गायिका गुना मगर “निशु”, एन.आर.एन.आइडल – २०२३ कतारका विजेता गायक रुस्तम तामाङ सङ्गै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखा, थारु कल्याणकारीणी सभा च्याप्टर कतारका कलाकारहरु लगायत कतारमा स्थापित अन्य थुप्रै कलाकारहरुको उत्कृष्ट नृत्य तथा गायन प्रस्तुतिहरुमा रम्न अनि रमाउन सकिने छ भने कार्यक्रममा सहभागी हुन संस्थागत आयोजकको रुपमा – ५० र ब्यक्तिगत रुपमा सहभागी हुन चाहने सबैले गेटमा लाग्ने – १० कतारी रियल आफैले तिर्नु पर्ने पनि आयोजक समितिले जानकारी गराएको छ ।

आयोजकको अनुसार साँङ्गीतिक प्रस्तुति दिन निमन्त्रणा गरिएको कलाकारहरुको लागि मात्र यातायातको व्यवस्था रहेको कार्यक्रममा अन्यलाई यो पटक त्यो सुबिधा नरहेको एनसीसी कतारका साँस्कृतिक संयोजक विवेक पुलामी मगरले नेपाली जनता खबरलाई बताएका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

nepalijanatakhabar

समबन्धित समाचार