परियार मित्रता समाज कतारको आयोजनामा आगामी शुक्रबार बृहत रक्तदान कार्यक्रम हुने……

दोहा कतार – परियार मित्रता समाज कतारले नेपाली रक्तदाता संघ कतार सङ्गको समन्वयमा आगामी शुक्रबार अर्थात १५ नोभेम्बर २०२४ को दिन दोहामा रहेको हामद हस्पिटलको ब्लड डोनर सेन्टरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

“रक्तदान जीवनदान” भन्ने स्लोगनलाई आत्मसात गर्दै आयोजना गर्न लागिएको कार्यक्रम बिहान – ८ बजेदेखि दिउँसो – १ बजेसम्म हुने समाजका अध्यक्ष सुमन नेपाल (परियार) ले नेपाली जनता खबरलाई जानकारी गराएका छन, भने उक्त सामाजिक कार्यमा सहभागी भइ कार्यक्रम सफल पार्न सहयोग गरिदिन दोहामा रहेका सम्पुर्ण संघ संस्था तथा व्यक्तिहरुलाई अनुरोध पनि गरेका छन ।

समाजले आफ्नो फेसबुक वालमा एउटा सुचना जारी गर्दै रक्तदान गर्न आउने व्यक्तिले केही नियमहरुको पालना गर्नु पर्ने जनाएको छ जुन यस प्रकार रहेका छ्न ।

– रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि
   वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।
– रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको
    हुनुपर्नेछ ।
– रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना
   (६०दिन) पुरा     भएको हुनुपर्नेछ ।
– रक्तदाता कम्तीमा ७ घन्टा सुतेको, एन्टिबायोटिक
   औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र
   मदिरापान सेवन नगरेको हुनुपर्नेछ ।
– रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल
   कम्तिमा ५० केजी हुनुपर्नेछ ।
– रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन
   टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे
   बमोजिम हुनेछ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार