परदेशबाटै पाठेघरको क्यान्सर रोगी गङ्गाको उपचारका लागि आर्थिक सहयोग जुटाउँदै पत्रकार पौडेल…..

दोहा कतार – वैदेशिक रोजगारीको सिलसिलामा बिगत डेढ दशक देखि कतारलाई आफ्नो कर्मथलो बनाउदै आएका म्याग्दीका पत्रकार तिलु शर्मा पौडेलले बिगत ५ महिना देखि भरतपुर क्यान्सर अस्पतालमा पाठेघर क्यान्सरको उपचार गराई रहेकी जलजला गाउँपालिका वडा न ७ मिलनचोक पर्वत निवासी ५५ वर्षिय गङ्गा दमाईलाई कतारबाट करिब २ लाख रुपियाँ संकलन गरि आर्थिक सहयोग पठाएका छन ।

मध्याह्न राष्ट्रिय दैनिकको कतार संवाददाताको रुपमा सामुदायिक पत्रकारिता गर्दै आएका शर्मा पौडेलको संयोजकत्व र पहलमा प्रवासी नेपाली समुदाय कतारको ग्रुपका सदस्यहरूबाट करिब १ लाख रुपैयाँ सहयोग संकलन भएको थियो भने उनले पर्वत समाज कतारको मातहतमा रहेका पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोष र पर्वत जलजला समाज इकाइबाट दश-दश हजारका दरले २० हजार रुपैयाँ, नेपाली महिला समाज कतारबाट १५ हजार रुपैयाँ, श्री सद्भाव युवा समाज कतारबाट १७ हजार ५ सय ४० रुपैयाँ र सङ्घीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारबाट आएको ३ हजार रुपैयाँ गरि करिब २ लाख बिरामीको छोरी अनिताको खातामा जम्मा गरेको र ती सबै रकमको लेखा आफुसङ्ग सुरक्षित रहेको उनले बताएका छन ।

गङ्गाकी छोरी अनिता परियारले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सहयोगको याचना गरेपछि शर्मा पौडेलले त्यस बिषयमा चासो गर्दै सुरुमा आफैले सक्दो सहयोग गरेको र आफ्नो फेसबुक वालमा अनिताको स्ट्याटस शेर गर्दै सहयोगका लागि अपिल गरे लगत्तै केही रकम सहयोग प्राप्त भएको बताए । दसैँ तिहार मनाउन वार्षिक बिदामा नेपाल गएका उनले बिरामीको छोरी अनितालाई पोखरामा भेटेर बिरामीको स्वास्थ्य अवस्था, आर्थिक लगायत पारिवारिक अवस्थाका बारेमा बुझेका थिए पौडेलसङको भेटमा अनिताले केमियो थेरापीको खर्च र पौष्टिक आहारका लागि मोटो रकम खर्च हुने र परिवारसँग बेच्नका लागि अचल सम्पत्ति नभएको, भएको जग्गा पनि एक सहकारीमा ऋण तिर्न नसक्दा अड्किएको र आफूले पढाइका लागि अति आवश्यक परेर किनेको ल्यापटप समेत बेचेर आमाको उपचारको लागि खर्च जुटाएको बताए पछि आफूले अझै धेरै सहयोग जुटाउने प्रयास गर्दै एनआरएनए एनसीसी कतार, गण्डकी प्रदेश समन्वय परिषद कतार लगायत कतारमा रहेका विभिन्न संघ संस्थाको ग्रुपहरुमा सुचना सम्प्रेषण गरेको पनि पौडेलले बताएका छन ।

पौडेलले कतार बाहेक विश्वका अन्य देशबाट पनि सहयोग प्राप्त भएको हुँदा सहयोगी सम्पुर्णलाई धन्यवाद दिँदै थप सहयोगका लागि अनुरोध गरेका छन भने बिरामीलाई डाक्टरको सल्लाह अनुसार आइतबार अप्रेसन गर्ने गरि अहिले भरतपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको छ । पोखरा स्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकि अनिताले अपरेसनका लागि न्यूनतम पनि पाँच लाख खर्च लाग्ने र आफुसँग २ लाख रुपैयाँ मात्र भएकोले नपुग रकम कहाँ बाट ल्याउने भन्दै चिन्ता व्यक्त गर्दै सबै नेपालीहरु सङ्ग सहयोगको अपेक्षा गरेकी छिन ।

हाल सम्म आठ लाख रुपियाँ खर्च भई सकेको र थप उपचारमा समस्या परेकोले सहयोग गर्न चाहाने सबैले अनिता दर्जीको एनएमबी बैङ्कको खाता नम्बर १२१०२००९४१७००१२, वा राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर ३५००१००००००४१२०३ मा सिधै आफ्नो इच्छा अनुसारको रकम जम्मा गर्न सकिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार