दोहा कतार – सद्भाव युवा समाज कतार र सद्भाव युवा समाज नेपालले संयुक्त रुपमा गुल्मी ईस्मा गाउँपालिका वडा नं.- ०५, रातापोखरा स्थित श्री सिद्व आधारभूत प्राथमिक विद्यालयमा अध्ययनरत – ६५ जना विद्यार्थीहरुलाई जाडोमा लाउने न्यानो कपडा (ट्र्याक सुट) र झोला सहित १ लाख २१ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ ।
समाजले बुधबार विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर बिष्टको अध्यक्षता, ईस्मा गाँउपालिकाकी उपप्रमुख तथा अधिवक्ता पार्वती कुँवरको प्रमुख आतिथ्यता, ईस्मा गा.पा.- ०५ का वडा अध्यक्ष झबिन्द्र अर्यालको विशिष्ट आतिथ्यताको साथै विद्यालयका संस्थापक, स्थानीय समाजसेवी एवं बुद्धिजीबीहरु र स्थानीय क्लबका प्रतिनिधि हरुको विशेष उपस्थिति तथा आतिथ्यतामा शैक्षिक सामग्री वितरण गरेको सद्भाव युवा समाज कतारका अध्यक्ष विजय गुरुङले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।
विद्यालय व्यवस्थापन समिति एवं विद्यालय परिवारको समन्वय तथा सहजीकरण शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरि समाजले ६५ थान ट्र्याक सुट, ६५ वटा स्कुल झोला(ब्याग)को साथै अन्य शैक्षिक सामग्री उपहार स्वरुप वितरण गरेको पनि गुरुङले बताएका छन । कार्यक्रममा बोल्ने क्रममा गाउँपालिकाकी उपप्रमुख पार्वती कुँवरले सहयोग प्रदान गर्ने संस्थाको उच्च प्रशंसा गर्दै सद्भाव युवा समाजलाई सिङ्गो गाँउपालिका र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिइएकी थिइन भने ईस्मा गा.पा- ०५ का वडा अध्यक्ष झबिन्द्र कुँवर, स्कुल व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष एवं नेकपा एमाले ईस्मा गाँउकमिटिका अध्यक्ष कलानिधि भण्डारी, स्कुल व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर बिस्ट लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्ति तथा बोल्ने वक्ताहरुले सस्थाले गरेको सहयोगी कार्यप्रति खुशी व्यक्त गरेका थिए ।
सामाजिक सद्भाव र आपसी सहयोगको लागी स्थापित संस्था “सद्भाव युवा समाज” यस्तै सहयोगको लागि देशको विभिन्न ठाउँमा पुग्दै गर्दा केहि समय अघि सुनसरी बराह नगरपालिका बस्तीमा पुगेको थियो भने अहिले श्री सिद्व प्रा. बि. ईस्मा-५ गुल्मी रातापोखरामा पुग्यो र अबको केहि हप्ता पछि सिन्धुलीको बाढी पडित तथा काठमाडौं किर्तिपुरमा रहेका अनाथ बालबालिकाहरुको “माया घर” भवन निर्माणको लागि पनि सहयोग बोकेर पुग्ने समाजले बताएको छ ।
समाजका अध्यक्ष गुरुङले निमन्त्रणालाई सहर्ष स्वीकार गरि उपस्थित भई कार्यक्रमको गरिमा बढाईदिने सम्पुर्णलाई सद्भाव युवा समाज कतारको तर्फबाट धन्यवाद भन्दै काठमाडौदेखि गुल्मी सम्म पुगेर कार्यक्रमको ब्यबस्थापन गरिदिने टिका बिष्ट प्रति आभार र एउटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लाई थोरै भएपनि राहत पुर्याउने उद्धेश्यका साथ कार्यक्रमको खाका तयार पारेर अथक मेहनत गरी त्यहाँ सम्म पुगेर शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गर्न खटिनुहुने सद्भाव युवा समाज नेपालका पदाधिकारी, सदस्य साथीहरु, शुभेच्छुक लगायत सिङ्गो टिमप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्