दोहा कतार – गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले आफ्नो “२२औं” स्थापना दिवस बिहीबार साँझ सनैयामा रहेको फुलबारी रेष्टुरेन्टको सभाहलमा एउटा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनायो ।
एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका नवनियुक्त महामहिम राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यता र आईसीसीका पदाधिकारीहरु सहित कतारमा रहेका विभिन्न संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, बुद्धिजीवी तथा एनआरएनए अभियान्ताहरु लगायतको बाक्लो उपस्थितिमा बिधिवत रुपमा दिप प्रज्वलन एवं ब्यानर अनावरण सहित केक काटेर मनाएको स्थापना दिवस कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेका थिए ।
एनसिसी कतारका सचिब सन्तोष क्षेत्रीले सहजीकरण गरेको उक्त कार्यक्रममा शुभकामना राखेका सबै वक्ताहरुले एनसिसी कतार स्थापना काल देखि नै मातृंभुमीमा भइ परि आउने दैबिक प्रकोप, बाढीपीडित लगायत हरेक दु:ख सुखमा सहभागी भएर काम गर्दै आईरहेको र कतारमा रहेका नेपाली श्रमिकहरुको हक हित र विभिन्न समस्याहरुमा पनि अभिभावक बनेर उत्तिकै भुमिका निभाउदै आएको बताएका थिए ।
कार्यक्रममा बोल्ने क्रममै प्रमुख अतिथी पौडेलले आफू कतार आएको २२औं दिनमा एनसिसी कतारको पनि “२२औं” स्थापना दिवस पर्नु र यस्तो महत्त्वपुर्ण कार्यक्रममा सहभागी हुने अवसर मिलाई दिएकोमा एनसिसी कतारलाई धन्यवाद दिदै पौडेलले श्रमिकहरुको कर्म थलो रहेको कतार र कतारमा रहेका सम्पुर्ण नेपालीहरुको समस्याहरुको विषयमा छिटै नै कतारमा स्थापित सम्पुर्ण संघ संस्थाहरु सगं समन्वय गरेर एउटा ठेट निष्कर्ष सहित काम गर्ने बताए ।
उनले थप बोल्दै नेपाली श्रमिकका समस्या, जनगुनासो र मुख्य गरि पासपोर्ट नविकरणलाई ब्यबस्थापन गर्न आफुले सक्दो पहल गर्ने बताउदै कतार र नेपाल दुई देश बिचको आर्थिक, सामाजिक तथा साँस्कृतिक सम्बन्धलाई समधुर बनाउन आफुले खेल्नु पर्ने भुमिका र राष्ट्रले दिइएको जिम्मेवारीमा निर्धक्क भएर लाग्ने वाचा गरेका छ्न ।
कार्यक्रमको अन्तमा सभापति भट्टले पत्राचारको बिषयमा उठेका केही प्रश्नहरुको जवाफ दिदै दोहामा स्थापित सम्पुर्ण संघ संस्था, पार्षद सदस्यको साथै दोहामा रहेकासम्पुर्ण नेपालीहरुलाई संघको फेसबुक पेजबाट सुचना प्रवाह तथा ईमेल मार्फत निमन्त्रणा गर्दै आएको र अहिले पनि सोही प्रक्रिया अनुसार सूचना तथा निमन्त्रणा गरेको बताए । भट्टले एनसिसी कतारले बिगत लामो समयदेखि नै श्रमिकका हक र हितका लागी काम गर्दै आईरहेको र आगामी दिनमा पनि श्रमिकमुखी अभियानमा तप्पर रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
उनले दोहामा अहिले पनि श्रमिकका पासपोर्ट नविकरण पहिलो समस्याको रुपमा देखीएको र पासपोर्ट नविकरण समयमा हुन नसक्दा धेरै श्रमिकका आईडी, गेटपास बन्न नपाएर जागिर नै धरासयमा परेकोले तत्काल नेपाली राजदूतावास कतार र कतारमा स्थापित सम्पुर्ण संघ संस्थासगं अन्तरक्रिया कार्यक्रम गरि कसरी दीर्घकालीन समस्याको समाधान गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि छिट्टै टुङ्गो लगाउन पहल गर्ने बताउदै कार्यक्रम समापन गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्