पाँचथर सेवा समाज कतारले आफ्नो २१औं स्थापना दिवस आगामी- २० डिसेम्बरमा मनाउने……

दोहा कतार – पाँचथर सेवा समाज कतारले आफ्नो २१औं स्थापना दिवस विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि आगामी २० डिसेम्बर- २०२४ शुक्रबारको दिन मनाउने भएको छ ।

प्लाजामल स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा बिहान १० बजे देखी सुरु हुने कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित प्रदेश परिषद, जिल्ला संघ संस्था, मातृसंस्थाहरु एवं बैचारिक संस्था, विशिस्ट व्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ता, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्णलाई पत्रचार गरि सकेको समाजकी अध्यक्ष लिला राईले जानकारी गराएकी छिन ।

“विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने स्लोगनको साथ सन् – २००४ मा स्थापना भएको समाजले हर्ष उल्लासको साथ बिशेष साँस्कृतिक कार्यक्रम सहित २१औं स्थापना दिवस मनाउन लागेको हुँदा पत्राचार गर्ने क्रममा कोहि कसैलाई पत्र नपुगेको भए यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भइ दिन अनुरोध गर्दै राईले कार्यक्रमको लागि आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको पनि बताएकी छिन ।

कार्यक्रममा कतारमा रहेका र निरन्तर गीत सङ्गीतमा लागेर आफुलाई दर्शकमा चिर परिचीत गराइ सकेका कलाकारहरुको साङ्गीतिक प्रस्तुति हेर्न अनि सङ्गै रमाउन पाइनेछ भने समाजले स्थापना कालदेखि हाल सम्मै देश विदेशमा रहेका संघ संस्थाहरु सङ्ग हातेमालो तथा सहकार्य गर्दै कतार एवं नेपालमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग पुर्याउदै आइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार