नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा शुक्रबार बृहत रक्तदान कार्यक्रम हुँदै……

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – नेपाली जनसम्पर्क समितिले -४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको पारेर नेपाली रक्तदाता संघ कतार सङ्गको समन्वयमा आगामी शुक्रबार अर्थात – ३ जनवरी – २०२५ को दिन हामद हस्पिटलको ब्लड डोनेशन सेन्टरमा नवौं बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

“रक्तदान गरौं जीवन बचाऔं” भन्ने मुल नारालाई आत्मसात गर्दै बिहान ८ बजेबाट सुरु भइ दिउँसो १२ बजे सकिने उक्त कार्यक्रममा सम्पुर्ण दोहाबासी नेपाली तथा गैर नेपालीहरु लाई सहभागी भएर रक्तदान जस्तो पुण्यको महान कार्य गरि सहयोग गरिदिन अनुरोध गर्दै सहभागी हुन इच्छुक जो कोहीले पनि कार्यक्रम संयोजक ठाकुर कुमार परियारको मोबाइल नम्बर – ३३१२८८२९, केदार भुषल- ३०१०००८८४, खगेन्द्र खनाल – ५०७१७४७७ र छबिलाल भट्टराई – ५५३५०१४१ मा सम्पर्क गरि आफ्नो नाम टिपाउन  र विस्तृत जानकारी लिन सकिने पनि आयोजक समितिले बताएको छ ।

साथै रक्तदान गर्न आउने व्यक्तिले ध्यान दिनु पर्ने केही कुराहरू तल उल्लेख गरिएको छ ।

– रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि  वा लाईसेन्स
  वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।
– रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
– रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना
   (६०दिन) पुरा भएको हुनुपर्नेछ ।
– रक्तदाता कम्तीमा ७ घन्टा सुतेको, एन्टिबायोटिक औषधि सेवन   
   नगरेको,पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको
   हुनुपर्नेछ।
– रक्तदाताको उमेर १८ वर्ष भन्दा माथी र  ६५ वर्ष भन्दा मुनि पर्नेछ र
   तौल कम्तिमा ५० केजी हुनुपर्नेछ ।
– रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा
   खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेछ ।

 

दोहामा रहेका नेपाली संघ संस्थाहरुले यो भन्दा अघि पनि विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन भने जन सम्पर्क समिति कतारले आफ्नो आयोजनामा गरेको नवौं पटकको रक्तदान कार्यक्रम हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार