चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर साङ्गीतिक प्रस्तुतिको लागि कतार आउने…..

दोहा कतार – नेपाली लोक सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर आफ्नो साङ्गीतिक प्रस्तुति दिनको लागी कतार आउने भएकी छिन ।

उनी मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चार्ड “माघ्या सकराटी (मगर मिनाम ल्हेस-५०१८)- २०२५ को अवसर पारेर नेपाल मगर संघ, शाखा कतारले आयोजना गरेको वनभोज तथा विविध साँस्कृतिक कार्यक्रम -२०८१ मा अतिथि कलाकारको रुपमा आफ्नो साँङ्गीतिक प्रस्तुति दिन कतार आउन लागेकी संघका महासचिव समिर थापा मगरले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

आगामी शुक्रबार अर्थात १७ जनवरीको दिन अबुहमुर स्थित आइडियल इन्डियन स्कुलको प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगिसकेको बताउदै दोहाबासी नेपालीहरुलाई उपस्थितिको लागि आयोजक समितिले अनुरोध पनि गरेका छन । कार्यक्रममा लामिछाने सहित नेपाल मगर संघ, शाखा कतारका साँस्कृतिक परिवार र कतारमा रहेर कलाकारिता गरिरहेका अन्य थुप्रै कलाकारहरुको सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या नृत्य तथा मगर, लोकदोहोरी,फिल्मी एवं आधुनिक गायन प्रस्तुतिहरु सङ्गै रम्न रमाउन सकिनेछ ।

संघका साँस्कृतिक संयोजक कुमार राहादी मगर कार्यक्रम संयोजक र गंगा बुढा मगर सह-संयोजक रहेका कार्यक्रमको लागि अल वक्रा, दोहा, सनैया, अलखोर र सहानिया बाट निशुल्क यातायातको व्यवस्था रहेको र बस सबै ठाउँबाट बिहान ठिक ८ बजे छुट्ने पनि आयोजक समितिले जानकारी गराएका छन । यातायातको लागि यातायात संयोजक मोतीलाल बुढा मगर -३०१३९०८७ र नेत्र थापा मगरलाई -३३८५८५६५ मा सम्पर्क गरि विस्तृत जानकारी लिन सकिने छ ।

“सम्पुर्ण मगरहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नारा बोकेर नेपाल मगर संघको शाखाको रुपमा सन् -२०००/ २०५७ मा कतारमा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै नेपाली चाडपर्वहरु मनाउदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

सम्बन्धित समाचार