दोहा कतार- सद्भाव युवा समाज कतारले सद्भाव युवा समाज नेपाल सङ्गको समन्वयमा किर्तिपुर नगरपालिका – ४ गाम्चा स्थित महिला तथा बाल बिकास मञ्च नेपालद्वारा सञ्चालित अनाथ बालबालिकाहरु लाई आश्रय दिएर राखिएको “माया घर” को नयाँ भवन निर्माणको लागी आर्थिक सहयोग गरेको छ ।
समाजले आइतबार “माया घर” का सञ्चालिका दुर्गा आचार्यको अध्यक्षता तथा किर्तिपुर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँको प्रमुख आतिथ्यतामा एउटा कार्यक्रमको आयोजना गरि सद्भाव युवा समाज नेपालका अध्यक्ष प्रदीप रुपाखेतीले सद्भाभ युवा समाज कतारले पठाएको ८० हजार रुपैयाँमा सद्भाव युवा समाज नेपालको तर्फबाट ११ हजार थप गरी एकमुष्ट ९१ हजार रुपैयाँ सञ्चालिका आचार्यलाई नै हस्तान्तरण गरेका हुन ।
उपाध्यक्ष बेग तामाङ, सचिब बाबुराम दाहाल, समाजका सल्लाहकार सुरेस तामाङ लगायतको आतिथ्यता रहेको कार्यक्रममा समाजका अध्यक्ष रुपाखेतीले विगत १४ वर्ष देखि संचालन भइ हाल २८ जना बालबालिकाहरु लाई आश्रय दिइ रहेको माया घरको नयाँ भवन निर्माण भइ रहेको थाहा पाए पछी केही इट्टा थप गर्न सकियोस् भन्ने उद्देश्यले थोरै सहयोग गरेको बताउदै नयाँ भवन समयमै सम्पन्न हुने आशा व्यक्त गरे भने समाजले यसअघि पनि महाबिर पुन राष्ट्रिय आबिष्कार केन्द्रलाई ६ लाख, रास्कोट अस्पताल निर्माणका लागि १० लाख २५ हजार, २०७२ को भुकम्प पीडितलाई सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १७ लाख, भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई ४ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
सद्भाव युवा समाज कतारका अध्यक्ष बिजय गुरुङले अनाथ बालबालिकाहरु लाई बसोबास गर्न सहज होस भन्ने हेतुको साथ कार्यक्रमको खाका तयार पारी कार्यक्रम स्थल सम्म पुगेर रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गर्न खट्ने सद्भाव युवा समाज नेपालका पदाधिकारी, समाजका सदस्यहरु र सद्भाव युवा समाजका शुभेच्छुक लगायत सिङ्गो टिम र स्थानीय समाजसेवी, बुद्धिजिवी एवं जनप्रतिनिधिहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै दोहा देखि काठमाडौं सम्म पुगेर कार्यक्रमको ब्यबस्थापनमा सहयोग गर्ने संस्थाका संरक्षक सुरेश लामालाई धन्यवाद दिएका छन ।
सामाजिक सदभाव र आपसी सहयोगको लागी स्थापित संस्था “सदभाव युवा समाज कतार” आज प्रवासीको सानो कोसेली स्वरुपको सहयोग बोकेर काठमाडौं किर्तिपुरका अनाथ बालबालिका लाई “माया घर” भवन निमार्णको लागी पुग्यो भने केहि समय अघि सुनसरी बराह नगरपालिकाको बस्ती, श्री सिद्व प्रा. बि. ईस्मा-५ गुल्मी रातापोखरा, सिन्धुलीका बाढी पिडितहरुको लागी पिउने पानी पाइप खरिदको लागि केहि रकम लिएर पुगेको थियो ।
सद्भाव युवा समाज नेपाल कतार वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत नेपाली युवाहरुले सन् – २००८ मा स्थापना गरेको मुनाफा रहित एक सेवामुखी सामाजिक संस्था हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्