नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारको सोनाम ल्होछार कार्यक्रममा नेपालबाट चर्चित तीन सेलो गायक गायिका आउने……..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार- नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारद्वारा यहि जनवरी ३१ तारिक शुक्रबार हुने गरि आयोजना गरेको सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा नेपालबाट चर्चित तीन सेलो गायक गायिका कतार आउने भएका छन ।

“नेपालीहरुको राष्ट्रिय पर्व, तामाङ जातिको नयाँ वर्ष मञ्जुश्री २८६१ (डुल ल्हो स पुख्री) सोनाम ल्होछार लाई भव्य रुपले सफल पारौं” भन्ने मुल नारा सहित अबु हमुर स्थित आइडियल इन्डियन स्कुलको हलमा हुन लागेको कार्यक्रममा नेपालबाट चर्चित सेलो गायक मदन घलान तामाङ, सेलो गायिका पुजा तामाङ र म्हेदोमाया गायक तथा सङ्गीतकार शैलाप वाइवा तामाङ आफ्नो साङ्गीतिक प्रस्तुति दिन कतार आउने भएका हुन ।

दिउँसो १२:३० बजेबाट सुरु हुने उक्त कार्यक्रममा उपस्थित हुनको लागि कतारमा स्थापित संघ संस्था, बैचारिक संस्था, विशिष्ट व्यक्तित्वहरु, समाजसेवी, बुद्धिजीवीहरु, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, मिडियाकर्मी, पत्रकारहरु सम्पूर्णलाई पत्राचार गरिसकिएको र कारणबस पत्र नपाएको भए यसै समाचार लाई आधार मानी कार्यक्रममा उपस्थित भइ दिन आयोजक समितिले अनुरोध पनि गरेको छ ।

कार्यक्रममा सहभागी हुनको लागि कतारको उम सलाल अलि, गराफा, दफना, बिन उमरान, सहानिया, अबुनाखला, मेकानिस, मइजार, मिसाइद, वर्कात अलि, बरुवा, वक्रा इज्दान, कर्नेश, नज्मा, मुन्ताजा, जुबारा, अलखोर, मदिना खलिफा र सनैया ग्रान्डमल लगायतका ठाउँहरुबाट यातायातको सुविधा रहेको समितिका महासचिव राम बहादुर पाख्रीन तामाङले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

कार्यक्रममा नेपालबाट आउने कलाकारहरु सङ्गै कतारमा रहेका थुप्रै कलाकारको गायन तथा नृत्य प्रस्तुतिहरु रहने छन भने कार्यक्रमको लागि आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको पनि महासचिव पाख्रीन तामाङले जानकारी गराएका छन ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

nepalijanatakhabar

समबन्धित समाचार