रामेछाप- प्रेस चौतारी रामेछापको मंगलबार सम्पन्न पाचौं अधिबेशन बाट रामेछाप नगरपालिका वडा नम्बर ८ बाबियाखर्क आरुबोटेका लेख बहादुर बि.क को नेतृत्वमा केन्द्र र प्रदेश प्रतिनिधि सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन ।
प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता र प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाको विशिष्ट आतिथ्यतामा होटल एक्लो हाउसमा सम्पन्न भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा लेख बहादुर बि.क सहित उपाध्यक्षद्वय शान्ता श्रेष्ठ र सीता पुरी, सचिबमा शंकर बरुवाल, सह-सचिबमा कुमार मिजार र मणिराज सुनुवार, कोषाध्यक्षमा सर्मिला बिसुन्खेको साथै सदस्यमा सन्जना रसाइली र भवानी पाण्डे सर्वसम्मत निर्वाचित भएका छन । यस्तै केन्द्रिय प्रतिनिधिमा युनिक बिफा घिसिङ, पार्बती घिमिरे प्रदेश प्रतिनिधिमा नबराज श्रेष्ठ र सुमित्रा लामा चुनिएका हुन ।
संस्थाको स्थापना दिवस पारेर आयोजना गरिएको कार्यक्रममा यस वर्षको प्रेस चौतारी नेपाल रामेछापको विशेष पत्रकारिता पुरस्कार सुमित्रा लामालाई प्रदान गरिएको थियो भने कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापको पत्रकारिता कोष स्थापनाको लागि सहयोग गर्ने नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख राकेश श्रेष्ठ सम्मान गरिएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघमा रामेछापबाट निर्वाचित केन्द्र र प्रदेश समिति सदस्य जिल्लाका पदाधिकारी एवं सदस्य र केन्द्र तथा प्रदेश प्रतिनिधिहरू लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
नव निर्वाचित अध्यक्ष बि.क विगत लामो समयदेखि रेडियो पत्रकारितामा सक्रिय छन भने अहिले पनि उनी स्थानीय रेडियो रेडियो इनर्जीमा संचारकर्मी कै रुपमा कार्यरत छन।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्