कतारमा सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी पर्वतलाई… 

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार- पर्वत समाज कतारले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक टिम पर्वतले नै हात पारेको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभाग सङ्गको सहकार्यमा इस्लाम धर्मावलम्बी हरूको महान् पर्व इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको बुधबार बिहान सम्पन्न फाइनल खेलमा स्याङ्जा सहयोग समाज कतारलाई हराउदै पर्वत समाज कतारले उपाधी आफ्नो पोल्टामा पारेको हो ।गण्डकी प्रदेश भलिबल टिमका पुर्व कप्तान हरी पाण्डेलाई सहभागी गराएर उपाधीको दाबेदार मानीएको स्याङ्जा सङ्गको निकै प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आयोजक पर्वतले उपाधी माथी कब्जा जमाउन सफल भएको हो ।

विजेता भए संगै पर्वतले ३ हजार पाच सय कतारी रियल नगत पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको स्याङ्जा सहयोग समाज कतारले नगद कतारी रियल २ हजार तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगीतामा तेस्रो स्थान हासिल गर्न सफल नवलपुर (ए) ले नगद कतारी रियल १ हजार तथा शिल्ड, मेडल प्रमाणपत्र र सान्तवना भएको पर्वत समाज कतार (सेतो) ले नगद कतारी रियल ५ सय शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बिजेता टोलीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट, पर्वत समाज कतारका प्रमुख संरक्षक छबिलाल भट्टराई, संरक्षक श्यामलाल न्यौपाने, एनसीसी कतार एवं पर्वत समाज कतारका सल्लाहकारहरु लगाएत कतारमा स्थापीत विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी स्याङ्जा सहयोग समाजका हरी पाण्डे बन्न सफल भए भने उत्कृष्ट स्पाइकर पर्वत समाजका रवि सुनार, उत्कृष्ट डिफेन्समा पर्वत समाजका अस्मित मल्ल, उत्कृष्ट ब्लकरमा स्याङ्जा सहयोग समाजका मनिष मानन्धर, उत्कृष्ट लिफ्टरमा स्याङ्जा सहयोग समाजका निर्मल मल्ल र उत्कृष्ट सर्भरमा नवलपुर (ए) का आशिष श्रेष्ठ भएका छन् । प्रतियोगिताको रेफ्रीको भुमिकामा सुर्य थापा, दिपेश थापा, महेन्द्र चौधरी र महेन्द्र मिथुन रहेको थिए ।

आइतबार रातीबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलाडीलाई बल दिएर नेपाली राजदुतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार