दोहा,कतार- पाल्पाली सेवा समाज दोहा, कतारले क्यान्सर पिडित लाई ४० हजार २५ रुपैयाँ सहयोग गरेको छ ।
जिल्लाको रिग्नेरह – ३ पूर्वखोला निवासी रामु खनाललाई समाजका वरिष्ठ उपाध्यक्ष विकास गैरे आफै भरतपुर क्यान्सर अस्पताल चितवन पुगेर उक्त नगद हस्तान्तरण गरेको नेपाली जनता खबरलाई जानकारी गराएका छन । प्यारालाइसिसको पनि बिमारी रहेका खनाल केही महिना अघि देखि घाटिमा क्यान्सरको समस्याबाट ग्रसित छन । उनले घरको आर्थिक अवस्था अत्यातै कमजोर भएको कारण देश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरु सङ्ग सहयोगको अपिल गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष विकास गैरेले सहयोग हस्तान्तरण सङ्गै बिरामीलाई “मनोबल उच्च राख्नुस तपाईलाई छिट्टै निको हुन्छ” भन्दै सिग्र स्वास्थ्य लाभको कामना गर्दै समाजले यस्तै खालको दिर्घरोगीहरु धेरै जनालाई सहयोग गरि सकेको बताए भने समाजका अध्यक्ष बिश्वनाथ भट्टराईले यस्ता प्राणगातक रोगबाट ग्रसित बिमामीको उपचारमा थोरै भए पनि सहयोग गर्न पाउँदा आफू खुशी भएको बताएका छन ।
पिडित खनालले आफुलाई सहयोग गरेकोमा पाल्पाली सेवासमाज दोहा कतारलाई धन्यवाद व्यक्त गरेका छन ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्