कास्की सार्दिखोला समाज कतारको नयाँ नेतृत्वमा पदम गुरुङ……

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- कास्की सार्दिखोला समाज कतारको ७औं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट पदम गुरुङको नेतृत्वमा २०२५-२०२७ कार्यकालको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन ।

शुक्रबार प्लाजामल स्थित सम्सरा रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष पारसिङ तामाङको सभाध्यक्षता, कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देबकोटा (अग्नी) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा पदम गुरुङ, प्रथम उपाध्यक्षमा सुक बहादुर बि.क, द्वितीय उपाध्यक्षमा कुल बहादुर बि.क, सचिवमा सन्तोष भुजेल, सह-सचिवमा टिकाराम गिरी, कोषाध्यक्षमा हरि प्रसाद आचार्य, सह-कोषाध्यक्षमा भानु आचार्य निर्वाचित भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा उमन सिङ बि.क, खडानन्द गिरी, सुवाष गुरुङ, कल्पना तामाङ, वर्षा तामाङ, प्रेम बि.क, शुक्रराज आचार्य र सपना रानामगर चयन भएका छन ।

खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न कार्यक्रमको खुल्ला सत्रमा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै समाजका प्रथम उपाध्यक्ष सुक बहादुर बि.क ले स्वागत मन्तव्य राखेका थिए भने कलाकार बर्षा तामाङले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन । साथै कार्यक्रममा समाजका संस्थापकहरु पदम गुरुङ, मन प्रसाद राना मगर, द्रोण सागर बास्तोलालाई दोस्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

समाजका सचिव सन्तोष भुजेलले सहजीकरण गरेका खुल्ला सत्र कार्यक्रममा संस्थापक सचिव मन प्रसाद राना मगरले साङ्गठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिबेदनमा समाजले स्थापना कालदेखि नै शिक्षा, बाढिपहिरो पिडित, हेल्थपोस्ट र प्राण घातक रोग बाट ग्रसित बिरामीहरुको उपचारमा मालम पटि लागउदै आएको र हालसम्म लग भग २२ लाखको हाराहारीमा सहयोग गरेको कुरा समावेश गरिएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले समाजले स्थापना कालदेखि नै समाजप्रति गर्दै आएको सामाजिक कार्यहरुको खुलेर प्रशंसा गरे भने आफ्नो साङ्गीतिक प्रस्तुति राख्ने कलाकारद्वय बर्षा तामाङ, महेश लामालाई प्रशंसा पत्र र संस्थाले आयोजना गरेको बिभिन कार्यक्रमहरुमा अहोरात्र खटिने व्यक्तिहरु बिनोद कुमार, अमर नाथ गुप्ता, कल्पना तामाङ, गिता भुजेल, कुमारी परियार, शुबास गुरुङ, उमान सिङ बि.क, प्रेम बि.क, हर्क बि.क र सन्तोष भुजेल लगायत लाई धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो भने कास्की सार्दिखोला समाज कतारलाई साथ सहयोग गर्ने माछापुच्छ्रे गाउँपालीका ३ घाचोकका हरि लम्साललाई मानर्थ सदस्यता प्रदान गरिएको थियो ।

“आफ्नो बिकास अनी पहिचान, जिल्ला र देश बिकासको पूर्वाधार” भन्ने मुल नाराको साथ कतारमा सन् २०१२ मा स्थापना भएको समाजको ७औं अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मन प्रसाद राना मगरले पद तथा गोपनियताको सपथ खुवाएका हुन भने कार्यक्रममा समाजका पदाधिकारीहरु सहितको बाक्लो उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार