हामी अझै आन्दोलनमै छौँ :(राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिले पनि आन्दोलनको तयारीमै रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित अन्तसंवाद कार्यक्रममा उनले यथास्थितिलाई अन्त्य गरी नयाँ सम्झौता र समझदारीमार्फत देशलाई अघि बढाउन तयार रहेको बताए।

उनका अनुसार अघिल्ला आन्दोलनहरू प्रभावकारी र परिणाममुखी नहुनुको कारण पार्टीले संगठनलाई सही रूपमा निर्माण गर्न नसक्नु र जनतालाई प्रष्टसँग बुझाउन नसक्नु हो। उनले पार्टीका सबै संगठनात्मक गतिविधि आन्दोलनकै तयारीको भाग हो भनेर बुझ्न आग्रह गरे।

अध्यक्ष लिङ्देनले देशभर भ्रष्टाचार मौलाएकाले सबैलाई छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए। नेतालाई आफ्नै नियुक्त मान्छेहरूले कारबाही गर्न नसक्ने भएकाले व्यवस्था नै बिग्रिएको धारणा व्यक्त गरे।

त्यस्तै, बिचौलियाको प्रभावमा कानुन बन्ने र नियुक्ति हुने प्रवृत्ति देखिएकाले केवल नेतामात्र फेरेर देशको अवस्था नफेरिने जिकिर पनि उनले गरे।

nepalijanatakhabar

समबन्धित समाचार