एनआरएन कोलम्बियाको अध्यक्षमा छत्रबहादुर मैनाली चयन

वायु प्रधुशन
nepalijanatakhaba

कोलम्बिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कोलम्बियाको अध्यक्षमा छत्रबहादुर मैनाली चयन भएका छन्।

 

साउन ११ गते सम्पन्न महाधिवेशनमार्फत मैनालीको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

एनआरएनए अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक बेद बस्नेतको भर्चुअल उपस्थितिमा नयाँ समिति चयन गरिएको हो।

 

महाधिवेशनले २०२५ जुन ८ मा गठन भएको तदर्थ समिति विघटन गर्दै नयाँ कार्यसमितिको जिम्मेवारी मैनालीको नेतृत्वमा सुम्पिएको हो।

 

गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा लालबहादुर गुरूङ, महासचिवमा सुन्दर तामाङ, उपमहासचिवमा प्रेमबहादुर छेत्री, कोषाध्यक्षमा मिथुन थापा, सचिवमा कमल शर्मा, र उप–सचिवमा सूर्यबहादुर पुन चयन भएका छन्।

 

त्यसैगरी सदस्यहरूमा प्रविना राई, जीतबहादुर गुरूङ, र धनबहादुर तामाङ रहेका छन्।

nepalijanatakhabar

समबन्धित समाचार