रामेछाप,खाँडादेवी- रामेछापको खाँडादेवी गाउँपालिका वडा नं.-९ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको दादागिरी देखिएको छ ।
वर्षा सुरु भए सङ्गै गाउँमा पुगेको कच्ची बाटो हरेक वर्ष ठाउँ-ठाउँमा अवरोध हुने गर्छ र उक्त बाटो सफा गर्न गाउँपालिकाले बजेट छुट्याउने र सोही बजेटले बाटो सफा गर्ने गरिन्छ । तर यसपालि भने सवारी साधनमा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको फोटो टासिंएको प्रति चालकहरु माथी आक्रोश पोख्दै बाटो सफा गर्न आनाकानी गरिरहेको आइतबार एमालेबाट निर्वाचित वडा सदस्य र सवारी साधन चालक बीच टेलिफोनमा भएको कुराकानी बाट प्रष्ट बुझ्न सकिन्छ ।
उक्त फोनमा सवारी चालक कृष्ण बहादुर भण्डारी सङ्ग गरिएको कुराकानीमा वडा सदस्य काल्मान थोकर तामाङले पिङखुरीमा चल्ने ४ वटा सुमो गाडीमा टासिंएको बालेन शाहको फोटो प्रती लक्षित गर्दै काम हामी गर्ने फोटो बालेनको राख्ने भन्दै फोटो नहटाए बाटो सफा नगर्ने भनेको भन्दै वडा अध्यक्ष अकल बहादुर भण्डारीलाई आरोप लगाएका छ्न भने अध्यक्ष भण्डारी आज एउटा विज्ञपति जारी गर्दै बाटो सफा गर्ने विषयमा बालेनको फोटो जोडेर फोनमा कुरा गरिए जस्तो आफुले कसैलाई पनि नभनेको र सामाजिक संजालमा आएका कुरा भ्रामक भएको बताएका छन ।
तर सवारी चालकको अनुसार बालेनको फोटो हटाउने विषयमा यस अघि अरु व्यक्तिले पनि फोन गरेको बताएका छ्न । चालकले यदि फोटो राखेमा एमाले पक्षलाई समस्या हो भने गाउँपालिकाले निर्णय गरेर फोटो राख्न नपाइने भने त्यस त्यस विषयमा सोच्न सकिने पनि बताएका छन ।
जनतालाई सम्वृद्व खाँडादेवी निर्माणको प्रतिबद्धता गरेर निर्वाचित भएका जनप्रतिनिधिहरु नै यसरी सानो सानो कुरामा अल्झिने हो भने गाउँको विकास कहिले हुन्छ ? सम्वृद्व खाँडादेवी कहिले बन्छ जस्ता संबेदनसिल प्रश्नहरु उब्जिएका छन भने काम भन्दा धेरै विवादै विवादले निराश भएका खाँडादेवी-९ का जनताका प्रश्नको जनप्रतिनिधिहरुले के जवाफ दिन्छ ?
वडा सदस्य र चालक बिच फोनमा भएको कुराकानीको अडियोको लिङ्क तल दिइएको छ ।
https://www.facebook.com/share/v/1Asf9bBPuZ/
प्रतिक्रया दिनुहोस्