मलेसिया जोहोर: आफ्नो भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै प्रवासमा रहेका तामाङ समुदायबीच एकता र सहकार्यलाई मजबुत बनाउन नेपाल तामाङ घेदुङ जोहोर क्षेत्रीय कार्यसमितिले आगामी २०२५ अगष्ट १०, आइतबार सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
विभिन्न भेटघाट र सांस्कृतिक गतिविधिहरू मार्फत मलेसियाका विभिन्न स्थानमा रहेका तामाङ समुदायलाई जोड्ने उद्देश्यसहित संस्था लामो समयदेखि सक्रिय रहँदै आएको छ। यस संस्थाले मौलिक तामाङ कला, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई आफ्नो प्रमुख लक्ष्य बनाउँदै आएको छ।
नेपाली जनता खबर डट्कम लाई प्राप्त जानकारी अनुसार उक्त कार्यक्रम जोहोर टावरस्थित जो होटलमा आयोजना हुने जानकारी आयोजक समितिले दिएको छ। कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिहरूका साथै सन्देशमूलक गतिविधिहरूले भरिपूर्ण हुने बताइएको छ।
संस्थाले मलेसियामा रहेका सबै संघसंस्थाका प्रतिनिधि, बौद्धिक वर्ग, राजनीतिज्ञ, सञ्चारकर्मी, खेलाडी, व्यवसायी तथा तामाङ समुदायका सम्पूर्ण सदस्यहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।




			
                            
                            
                            
                            
प्रतिक्रया दिनुहोस्