दोहा,कतार- नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गरेको हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम यहीँ आउँदो शुक्रबार १५ अगस्टमा हुने भएको छ ।
मञ्चले हरेक बर्ष नेपालबाट कलाकार बोलाएर भव्य रुपमा मनाउने गरेको तिज कार्यक्रम यो वर्ष भने कतारमा रहेर नेपाली कला संस्कृतीलाई जोगाउदै विभिन्न कार्यक्रमहरुमा आफ्नो उत्कृष्ट कला प्रस्तुत गर्दै आइरहेका कलाकारहरु लाई प्राथमिकतामा राखी उनिहरु कै साङ्गीतिक प्रस्तुति रहने गरि कार्यक्रमको तयारी भएको मञ्चका सचिव रुप रानाभाटले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।
दोहाको नज्मा स्थित होटल क्राउनप्लाजा द विजनेस पार्कको सभाहलमा बिहान ११ बजेदेखी सुरु हुने उक्त कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित सम्पूर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियान्ता, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकारहरु सबैलाई पत्राचार गरिसकेको बताउँदै आयोजक समितिले दोहामा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु लाई उपस्थितिको भइ कार्यक्रम सफल पार्न सहयोग गरिदिन पनि अनुरोध गरेको छ ।
कार्यक्रमको सम्पुर्ण तयारी पनि अन्तिम चरणमा पुगेको बताएका आयोजक संस्थाले यस्तो कार्यक्रमले विदेशमा रहँदै आएका नेपालीहरुलाई नजिक बनाउँदै एक आपसमा हुने आत्मीयता, स्नेह, सद्भाव र सम्बन्धलाई अझै प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरेको छ ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्