पनौती, काभ्रे: विश्वकै अनौठो धार्मिक स्थल कालाग्निरुद्रपीठ लड्केश्वर धामले धार्मिक पर्यटनमा नयाँ आकर्षण थपेको छ। मुकुन्द शर्मा हुमागाईंको नेतृत्वमा ६.५ केजी शुद्ध चाँदीको विशेष निशानी तयार गरिएको छ, जसको अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र सन्त समाजका श्री १००८ स्वामी रमणानन्द महाराजले संयुक्त रूपमा सम्पन्न गरे।
उक्त कार्यक्रममा प्रा.डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य लक्ष्मण पंथी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी तथा अन्य भक्तजनहरूको उपस्थिति रहेको थियो।
पीठाधीश मुकुन्द शर्माले आफ्नो संकल्पअनुसार अब “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” अन्तर्गत यस चाँदीको निशानीलाई हरेक जिल्लामा यात्रा गराइने जानकारी दिए। दर्शन गर्न नपाएका भक्तजनलाई लड्केश्वर दर्शनको अनुभव दिलाउन र यात्राको सुरक्षा सुनिश्चित गर्न गृह मन्त्रालय तथा ७७ वटै जिल्ला प्रशासनसँग समन्वय भइसकेको छ।
मुकुन्द शर्माको नेतृत्वमा लड्केश्वर धाम अब राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदैछ। यस अभियानले न केवल श्रद्धालु भक्तजनलाई आकर्षित गर्नेछ, बरु धार्मिक पर्यटनमा नयाँ ऊर्जा र अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रया दिनुहोस्