दोहा,कतार- नेपालमा चलिरहेको मेरो भ्वाइस युनिभर्स सिजन दुईमा सहभागी भएकी जुनु प्रसाईं फिनालेको लागि छनोट भएकी छिन ।
कतारमा रहेका सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो मेरो भ्वाइस युनिभर्स सिजन दुईमा सहभागी भई विभिन्न चरणहरु पार गर्दै गत १५ अगस्टमा भएको सेमिफाइनल प्रतिस्पर्धाबाट उत्कृष्ट ६ मा पर्न सफल भए सङ्गै प्रसाईंले फिनालेको यात्रा पक्का गरेकी हुन ।
विश्वको विभिन्न देशमा बस्दै आएका र कलागला भएका नेपाली भाषी नभप्रतिभाहरुलाई खोजेर सर्वोत्कृष्ट एक छान्ने उद्देश्यका साथ इन्ट्रा फाउन्डेसन अफ अमेरिकाले सन्-२०२३ बाट सुरु गरेको यो रियालिटी सोको सिजन दुईको लागि १३ देशमा भएको अडिसनहरु बाट १ सय २० जना प्रतियोगिताको लागि छनोट भएका थिए । जसमा कतार अडिसनबाट उत्कृष्ट ५ मा पर्दै जुनु प्रसाईंले यो सिजनको यात्रा सुरु गरेकी थिइन ।
ताप्लेजुङको हाङपाङमा जन्मिएर तेह्रथुमको आठराई ३ ह्वाकुमा संघर्षपुर्ण बाल्यकाल बिताएर अहिले झापामा बसोबास गर्दै आएकी उनी सानैदेखि नेपाली गीत सङ्गीतमा अत्यन्तै रुचि राख्ने भए पनि वाध्यता बस केही वर्ष अघि देखि रोजगारीको सिलसिलामा कतारमा रहदै आएकी थिइन भने उनी कतार भएकै बेला मेरो भ्वाइस युनिभर्सले प्रतियोगिताको लागि कतारमा पनि अडिसन गराएर नेपाली गीत सङ्गीत पारखी नयाँ प्रतिभालाई अवसर दिएको थियो । त्यही अवसरलाई सदुपयोग गर्दै प्रसाईं अहिले सबैभन्दा धेरै धनराशि पुरस्कार भएको रियालिटी सोको फाइनलमा पुगेकी हुन ।
प्रसाईंले आफुलाई भोटिङ राउन्ड सुरु भएदेखि नै भोट गरेर फाइनल सम्म पुर्याउनु हुने सम्पुर्ण दर्शक, स्रोता, शुभचिन्तक, साथीसङ्गी, आफ्नो आफन्त सबैलाई धन्यवाद दिदै अब उपाधीको लागि आगामी अगस्ट २३ तारिक हुने प्रतिस्पर्धामा यहाँहरुको साथ सपोर्टले पहिलो हुने आशा राख्दै फेरि एक पटक भोट दिरिदिन आग्रह गरेकी छिन ।
जुनुले कतारमा भएको अडिसनमा आफू छानिएर प्रतियोगिताको लागि नेपाल जानू अघि तयारीमा जुट्दै गर्दा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले खेलेको भुमिका र प्रशिक्षणमा जोडिनु भएका गङ्गीतका गुरुहरु मंगल वि.क र विरेन्द्र श्रेष्ठलाई पनि सम्झिदै सबैप्रती आभार व्यक्त गरेकी छिन ।
नेपाल टेलिभिजन मार्फत प्रसारण हुने यो सिजनमा फाइनलमा पुगेका ६ जना मध्यको पहिलो एक मात्रै महिला प्रतियोगी जुनुलाई जिताउन आफ्नो मोबाइलको प्लेस्टोरमा गएर (MY INTRA) App डाउनलोड गरि मेरो भ्वाइस युनिभर्स (mero voice universe) लेखिएको बटनमा क्लिक गरेपछि देखिने प्रतियोगीको प्रोफाइल खोलेर सित्तैमा एक भोट र नेपालबाट मोबाइलको म्यासेज बक्समा गई MVU 06 टाइप गरि 37000 मा सेन्ट गरेर पनि सहजै भोट गर्न सकिने छ ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्