एनसीसी कतारले गर्यो विश्व साइकल यात्री “अर्याल” लाई सम्मान…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले विश्व साइकल यात्री “निरञ्जन अर्याल” लाई सम्मान गरेको छ ।

निरञ्जन जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोच प्रति सचेत गराउने मुख्य उद्धेश्य बोकेर नेपालको सगरमाथा देखी अन्टार्कटिका सम्मको बिश्व साइकल यात्राको दोश्रो चरणको भ्रमणमा कतार आइपुगेको समय पारि उनको साहस र देशको नाम विश्व मञ्चमा चिनाउन गरेको योगदान प्रति कदर गर्दै खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

सम्मानपछि बोल्दै अर्यालले कतारको नेपाली समुदायको मेरुदण्ड गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले दिएको साथ र सम्मानले आगामी दिनको यात्राको लागि थप र प्रेरणा मिलेको बताए । निरञ्जनले पहिलो चरणमा थाइल्यान्ड, लाओस्, कम्बोडिया, चीन मलेसिया, सिगांपुर र भारत गरेर आठ वटा देश भ्रमण सकेर अहिले दोस्रो चरणमा साउदी अरबको भ्रमण सकेर कतार आइपुगेका हुन भने कतार भ्रमण पछि आगामी महिनामा ओमन हुँदै अफ्रिकी मुलुक तर्फको यात्रा जारी रहने पनि उनले बताए ।

अर्यालले थप बोल्दै विश्वका सबै जसो देशहरूमा साईकलमा भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तन र वातावरणीय चुनौती प्रति सचेत बनाउने र आफ्नो राष्ट्रलाई विश्वमाझ चिनाउने र लामो दुरीको यात्रामा फरक-फरक देशका फरक नियम कानुन, सडक र यातयातहरु सँगै आर्थिक चुनौती मुख्य समस्या रहेको बताउँदै यात्रामा आउने विभिन्न बाधा अप्ठ्याराहरू लाई सामना गर्दै आफ्नो सपना पूरा गर्ने लक्ष्य रहेको बताए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले अर्यालको हिम्मत र साहसको उच्च प्रशंसा गर्दै यो प्रयास प्रेरणादायी समेत रहेको बताए । देशको झन्डा बोकेर राष्ट्रको परिचय फैलाउन हिँडेका अर्याललाई प्रवासमा रहेका नेपालीहरूले सहयोग गरिदिन अनुरोध गर्दै यस्ता यात्राले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने बताए भने विश्वको जुनसुकै देशमा पनि समस्या परेमा निर्धक्क भएर आफुलाई सम्पर्क गर्न आग्रह गर्दै सफल बिश्व यात्राको शुभकामना दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल दिइएको कमेन्ट बक्समा अवस्य लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार