नेपाल भर फैलिदै गरेका सद्भाव युवा समाज कतारका सहयोगी हातहरु फेरि पुगे स्याङ्जाको अर्जुनचौपारी…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- आपसी सहयोग र सामाजिक सद्भावको भावना बोकेर पुर्बी नेपाल इलाम हुँदै सुदुरपश्चिमको कन्चनपुर पुगेको सद्भाव युवा समाज कतारका सहयोगी हातहरु फेरि फर्केर पश्चिम पुगेका छन् ।

समाज यसपाली स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको वडा नम्बर ३ रिमालफेदीको कामक्षय आधारभूत विद्यालयमा अध्यनरत १८ जना बालबालिकाको लागि सद्भाव उपहार स्वरूप जाडो छेक्ने न्यानो कपडा लिएर  पुगेका हुन । विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसो कारण पठनपाठनमा कठिनाई नहोस भन्ने उद्देश्यको न्यानो कपडा सहयोग गरेको समाजका पदाधिकारीहरुले बताएका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर खनालको अध्यक्षतामा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, स्थानीय अभिभावक, शिक्षाप्रेमी, बुद्विजिवी तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थितिमा गत पौष ६ गते आइतवार एक कार्यक्रमको आयोजना गरी नेपाली रुपैयाँ २० हजार बराबरको न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको हो । समाजले सहयोग गरेको उक्त कपडा विद्यालयका प्रधानाध्यापक बन्दना ढकाल तथा विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारले मिलेर छात्र छात्राहरुलाई वितरण गर्न सहजीकरण गरिदिएका थिए ।

समाजका अध्यक्ष विजय गुरुङले आफ्नो निमन्त्रणालाई स्विकार गरि उपस्थिति भएर कार्यक्रम सफल बनाइदिने सम्पुर्णलाई समाजको तर्फबाट धन्यवाद व्यक्त गरेका छन भने एउटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई थोरै भए पनि राहत पुर्याउने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रम सफल बनाउन खट्ने सद्भाव युवा समाज कतारका प्रतिनिधी, सद्भाव युवा समाजका शुभेच्छुकहरुको साथै कार्यक्रमको ब्यबस्थापनको भुमिका निर्वाह गर्ने संस्थाको प्रमुख सल्लाहकार चण्डी भुषाललाई पनि कृतज्ञता प्रकट गरेका छन ।

“जहाँ अभाब त्यहाँ सद्भाव, सेवा र सहयोगको लागी हरेकपल सबैको साथ सद्भाव, भन्ने मुल नारा सहित कतारमा सन् २००८ मा स्थापना भएको समाजले स्थापनाकाल देखिनै यसरी नै सहयोग गर्दै आइरहेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार