क्षत्री समाज नेपाल, कतार शाखाले वनभोज तथा स्नेह मिलन कार्यक्रम गर्ने…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- क्षत्री समाज नेपाल, कतार शाखाले वनभोज तथा स्नेह मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजले आगामी २३ जनवरी २०२६ शुक्रवारको दिन वक्रा विचमा कतारलाई कर्मथलो बनाएर बस्दै आउनु भएका सम्पूर्ण क्षत्री बुवाआमा, दाजुभाई तथा दिदिबहिनीहरुलाई एकीकृत गराउने उद्देश्यका साथ भब्य रुपमा वनभोज तथा स्नेह मिलन कार्यक्रमको आयोजना गर्न लागेको हो भने उक्त कार्यक्रममा कतारमै रहेका कलाकारितामा आफ्नो उच्च छवि बनाइसकेका कलाकारहरुको साङ्गीतिक प्रस्तुति सहित विभिन्न खेलहरुको साथै अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समाबेश रहने आयोजक समितिले नेपाली जनता खबरलाई जानकारी गराएको छ ।

आयोजकको अनुसार शुक्रबार दिउँसो १२:१० बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थितिको लागि पत्राचार सङ्गै आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको बताउदै यसै समाचार मार्फत पुनः कतारमा रहनु भएका सम्पुर्ण क्षत्री बुवाआमा, दाजुभाई तथा दिदिबहिनीहरु लाई उपस्थित भएर भाईचारा, सद्भाव, साथ सपोर्ट गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिन पनि अनुरोध गरेका छन ।

समाज “राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता” भन्ने मुल नारा सहित कतारमा सन्- २०१० मा स्थापना भएको हो ।

nepalijanatakhabar

समबन्धित समाचार