पीएनसीसीको आयोजनामा नाक,कान र घाँटी सम्बन्धी सचेतना मुलक कार्यक्रम हुने

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया।प्रवासी नेपाली समन्वय समितिको आयोजनामा नाक,घाटी र कान सम्बन्धित विभिन्न प्रकारका समस्या हरुको रोकथाम र नियन्त्रणका विषयमा सचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

अगष्ट २६ तारिख शुक्रबार भर्चुअलको माध्यबाट आयोजना हुने लागेको “प्रवासी सँग डाक्टर” नामक आठौं श्रृंखला कार्यक्रम मा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भक्तपुर मा कार्यरत नाक,घाँटी तथा कान रोग विशेषज्ञ डाक्टर सुभाष देवकोटाले विदेशीमा रहेका नेपाली श्रमीकहरु लाई कान,नाक र घाँटी रोग सम्बन्धी परामर्श दिने आयोजकले बताए ।

बिदेशमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गर्दै आयोजना गरिएकाे यो स्वास्थ्य सम्बन्धी कार्यक्रमबाट धेरै नेपालीहरुले लाभ लिने छन। पीएनसीसीले निरन्तर रुपमा यस्ता स्वास्थ्य जनचेतनामुलक कार्यक्रम हरु सन्चालन गर्दै आएको छ ।

यहि शुक्रबार हुने कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी २८९७४१४०६३ मा र पासवर्ड pncc प्रयोग गर्नुपर्ने पिएनसीसी ले आफ्नो आधिकारिक पेजमा मार्फत सुचना जारी गरेको छ ।कार्यक्रम नेपाली समयअनुसार बेलुका ७:३० बजे बाट सन्चालन हुने छ ।

nepalijanatakhabar

समबन्धित समाचार